शनिबार , जेठ २९, २०७८

प्रचण्ड- नेपाललाई संकेत गर्दै ओलीले भने , ‘एउटा हाँगा हावाले लगे हजारौं हाँगा पलाउँछ !

फागुण २२, २०७७ शनिबार 214

काठमाडौं २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पिलो निचोरिएर जाँदैमा कुनै चिन्ता गर्नु नपर्ने बताएका छन् ।

आज बिहिबार सिन्धुलीको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्न सहभागी भएका ओलीले प्रचण्ड नेपाललाई संकेत गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

नेकपा पार्टी त्यस्तो रुख हो जसलाई हावाहुरीले हाँगा मात्रै भाच्न सक्छ रुख ढाल्न सक्दैन भन्दै त्यस्तो हाँगा त फेरि पलाउँछ भनेका ओलीले प्रचण्ड नेपाललाई रुखको हाँगाको संज्ञा दिएका हुन् ।

सम्बोधनमा ओलीले महाभारतको युधिष्ठरको प्रसंगलाई जोड्दै भने, ‘स्वर्गतिर हिँड्दाखेरि युधिष्ठिरहरू हिमालतिर लागेछन् । पहिला शहदेव ढल्यो, अर्को नहकुल ढल्यो, अर्को अर्जुन ढल्यो, अर्को भीम ढल्यो।

त्यसपछि युधिष्ठिर एक्लै भए, कहिले-कहिले एक्लै हुनुपर्छ ।’राजनीतिमा एउटा ढल्यो भने हजार वटा भएर निस्कन्छ । पिलो निचोरिँदैमा ओजन घटेको हुन्न ।

प्रतिकृया दिनुहोस्