२०७८ आश्विन २ शनिबार

यात्रु को’भिड–१९ सङ्क्र’मित भेटिएपछि उडान स्थगित !

बेइजिङ : चीनको नागरिक उड्डयन नियामक निकायले यात्रुमा कोभिड–१९ सङ्क्र’मण पु’ष्टि भएपछि फिलिपिन्स एयरलाइन्स र कम्बोडिया एयरवेजको उडान स्थगित भएको घोषणा गरेको छ ।

चिनियाँ नागरिक उड्ययन प्राधिकरण (सीएएसी) का अनुसार यात्रुमा को’भिड–१९ सङ्क्र|मण पुष्टि भएपछि मनिलादेखि तियानजिनसम्मको पीआर ३१४ नम्बरको उडान र नोम पेनदेखि चेन्दुसम्मको केआर ९६१ नम्बरको उडान २३ अगस्तदेखि दुई हप्तासम्मका लागि बन्द रहनेछ ।

अगस्त ४ गते यी दुबै स्थानबाट आएका विमानमा पाँच यात्रुमा सङ्क्रमण देखिएपछि चीनको नागरिक उड्डयन प्रशासनले मंगलबार आफ्नो वेबसाइटमा उक्त सूचना जारी गरी उडान रद्द गरिएको जानकारी गराएको छ ।

सीएएसीले बताएअनुसार कुनै पनि एयरलाइन्सलाई उडानको मौलिक कोटा अन्य मार्गहरूमा स्थानान्तरण गर्न अनुमति दिइएको छैन ।

सीएएसी नयाँ कानूनी प्रावधानमा को’भिड–१९ सङ्क्र’मण पुष्टि हुने यात्रुहरूको सङ्ख्या पाँच पुगेमा दुई हप्तासम्म उडान निलम्बन रहने छन् ।-रासस/सिन्ह्वा

२०७८ भाद्र २, बुधबार ०६:०१ गते 1 Minute 478 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार