२०७८ कार्तिक १ सोमबार

न्यूजिल्याण्डमा एक व्यक्ति को’भिड सङ्क्र’मित भेटिएपछि तीन दिन लकडाउन !

विलिङटन : न्यूजिल्याण्डमा एक जना नागरिकमा को’रोना संक्र’मण देखिएपछि यहाँको सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लक’डाउनको घोषणा गरेको छ ।

न्यूजिल्याण्डले को’भिड–१९ सङ्क्र’मण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ भने कोरो’ना संक्र’मित भेटिएको अकल्याण्ड सहरमा एक हप्ता लकडाउन हुने घोषणा गरिएको छ । मुलुकको अन्य स्थानमा तीन दिनपछि लकडाउन हट्नेछ ।

न्यूजिल्याण्डका अधिकारीहरूले अहिले भेटिएको को’रोना संक्र|मण डेल्टा भेरि’यन्टको हो कि भनेर सुरक्षा सतर्कता बढाइएको बताएका छन् । अहिले न्यूजिल्याण्डका करिब २० प्रतिशत नागरिकले कोरो’ना भाइ’रसवि’रुद्धको खोप लगाइसकेका छन् ।

न्यूजिल्याण्डमा भेटिएका को’रोना संक्र’मितले भ्रमण गरेको मान्डेल सहरमा पनि एक साताको लकडाउन गरिएको छ । प्रधानमन्त्री ज्यासिन्डा अर्डनले लक’डाउन अवधिमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने बताउनुभएको छ ।

न्यूजिल्याण्ड कोरो’ना संक्र’मणलाई नियन्त्र’णमा सफल भएको मुलुक हो । यहाँ पछिल्लो छ महिना एता एक जनामा पनि कोरो’ना भाइ’रसको संक्र’मण देखिएको थिएन । -रासस/एएफपी/ तस्बिर : अर्थ सरोकार

२०७८ भाद्र २, बुधबार ०६:०६ गते 1 Minute 338 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार