२०७८ आश्विन ५ मंगलवार

ता’लिवान भन्छन् : विदेशीको प’ञ्जाबाट अफगानिस्तानलाई मु’क्त गर्न सफल भयौ ।

एजेन्सी : अफगानिस्तानमा क’ब्जा ज’माएको ता’लिवानले देशलाई विदेशीको प’ञ्जाबाट मु’क्त गर्न सफल भएकोमा ग’र्व लागेको बताएको छ ।

पत्रकार सम्मेलन गर्दै तालिबानका प्रवक्ता ज’बीउल्लाह मुजाहिदले अफगानी जनतामा ब’दलाको भावना नरहेको भन्दै आफूहरु बाह्य र आन्तरिक दु’श्मनका वि’रुद्ध ल’ड्ने बताएका छन् ।उनले अफगानिस्तानलाई स्वतन्त्र गरेकोमा आफूहरुलाई

ग’र्व लागेको भन्दै अफगान भूमि कसैका वि’रुद्ध प्रयोग गर्न नदिने र सबैखाले सु’रक्षाको ग्यारेन्टी गरिने बताए । अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रसंघलाई समेत ता’लिवानले अफगानिस्तान सुरक्षित रहेकाले ढु’क्क हुन पनि अपील गरेको छ ।महिलाहरुको हकमा भने श’रिया कानुन र इ’स्लाम धर्म अनुसार अधिकार दिइने प्रवक्ताको भनाइ थियो ।

अ’फगानिस्तानका जनताको समृद्धिका लागि सवैलाई ब्या’वसाय गर्न दिइने भन्दै मु’जाहिदले अन्तर्राष्ट्रिय स’मुदायलाई अफगानिस्तानमा लगानी गर्न पनि आग्रह गरेका छन् । तालिवानले मिडियालाई पनि स्वतन्त्र रुपमा चल्न दिने बताएकाे छ ।

थप समाचार -ताप्लेजुङका सुवास गुरुङ मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेको एक घण्टापछि आगमन कक्षबाट बाहिर निस्कँदा मुसलधारे पानी परिरहेको थियो । तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि अपर्झट देश फिरेका उनलाई लाग्यो– पानीले स्वागत गर्‍यो  ।

विमानस्थल उत्रेलगत्तै भने उनलाई केही फरक अनुभव भयो । पहिलेजस्तो यात्रु प्रतीक्षालय भरिभराउ थिएन । विगतमा प्रत्येक ५ वर्षमा बिदामा घर आउँदा उनलाई लिन परिवारजन त्यही प्रतीक्षालयमा पर्खिबसेका हुन्थे । तर यसपटक उनलाई लिन परिवारको साटो सेना–प्रहरी थिए ।

आगमन कक्षबाट बाहिर निस्किनेबित्तिकै सेना–प्रहरीको टोलीले ए’स्कर्टिङ गर्दै सेनाको बसमा चढाए । अन्य साथीहरूलाई पनि यसरी नै ए’स्कर्ट गरिएको थियो । सेनाले उनीहरूलाई बसमा चढाउँदै को-भि’ड–१९ परीक्षणका लागि सामाखुसीस्थित राधास्वामीतर्फ पठाइरहेको थियो ।

‘काबुलमा त्रास फैलिएदेखि नै सेनाले साथ छोडेको छैन । चार दिनदेखि सुरक्षाकै घेरामा जीवन चलिरहेको छ,’ विमानस्थलको पार्किङस्थलमा रोकिराखेको बसको ढोका छेउमा भेटिएका गुरुङले भने, ‘पछिल्लो एक साताको समय मेरा लागि जीवनकै अविस्मरणीय समय बन्यो । जसको नुनपानी खाएको थिएँ, उसलै देश फर्काइदियो ।’

२०७८ भाद्र २, बुधबार १३:४२ गते 1 Minute 535 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार