२०७८ कार्तिक १ सोमबार

आखाभरि आशु पार्दै अफगानिस्तानमा रहेका नेपालीले सम्झिए ओलीलाई !

काठमाडौं : तालिबान लडा’कुहरुले अफगानिस्तानको आधाभन्दा बढी प्रान्ती’य राजधानीमा क’ब्जा जमाएका छन् । उनीहरु अब राजधानी काबुलभन्दा ११ किलोमिटरमात्रै टाढा रहेको समाचार एजेन्सी एपीले जनाएको छ ।

अफगानिस्तानका एक स्थानीय प्रशासकले समाचार एजेन्सी एपीलाई भनेका छन्– तालिबान ल’डाकु अब केबल ११ किलोमिटर मात्रै टाढा छन् । यदि तालिबानले काबुल कब्जा गर्यो भने यो अफगानिस्तान सरकार र सेनाका लागि निकै ठूलो झ’ट्का हुने छ ।

अमेरिकाले आफ्नो दूतावासमा कार्यरत नेपालीलाई फर्काउने तयारी गरे पनि अन्य विदेशी दूतावास र संयुक्त राष्ट्रसंघको कार्यालयमा कार्यरतलाई नेपाल फर्काउने विषयमा शनिबार बेलुकीसम्म कुनै समाचार बाहिर आएको छैन ।

यता नेपाल सरकार बाट आधिकारीक रुपमा अफगानिस्तामा रहेका आफ्ना नागरिकलाई कसरी ल्याउने योजना बनाइरहेको छ । अफगानिस्तानमा रहेका नेपालीलाई सरकारले तुरुन्तै उ’द्धार गर्नुपर्ने परराष्ट्र विज्ञ दिनेश भट्टराईले सुझाव दिनुभएको छ  ।

उहाँले नेपालीलाई त्यहाँ लाने कम्पनी र उनीहरू काम गरिरहेको संस्थासँग कुराकानी गरेर फिर्ता ल्याउने पहल गर्नुपर्ने बताउनुभयो  । ‘छिटो गर्नुप¥र्‍यो, नत्र ढिलो हुन सक्छ किनकि त्यहाँ द्वन्द्व बढिरहेकै छ,’ उहाँले भन्नुभयो । अर्का परराष्ट्र मामिलाविज्ञ राजन भट्टराईले सरकारले यसअघि

को’भिड–१९ संक्र’मणका बेला चीनको बुहान र सन् २०१६ मा अफगानिस्तानमा ब’म वि’स्फोट हुँदा नेपाल सरकारले आफ्ना नागरिकलाई फर्काएको उल्लेख गर्दै अहिले पनि नेपालीलाई फिर्ता ल्याउन पहल गर्नुपर्ने बताउनुहुन्छ  । ‘अहिलेको अवस्थामा सरकारको ध्यान आन्तरिक राजनीतिमा भन्दा नेपालीको ज्या’न जोगाउनका लागि हुनु आवश्यक छ,’ उहाँको सुझाव छ ।

वैदेशिक रोगारीको शिलशिलमा अफगानिस्तानमा रहेका नेपालीहरुले यतिवेला पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झिएका छन् । उनिहरुले टेलिफोनका क्रममा भने यो सरकार हाम्रा लागि बनेको हैन विदेशमा रहेका आफ्ना नागरिकका लागि रहेछन् अन्य देशले आफ्ना नागरिकको गरेका छ ।

विगतमा केपी ओली नेतृ’त्वको सरकार हुँदा अफ्ठेरोमा परेका नेपालीलाई उ’द्धार गर्न तत्काल पहल गरिएको सम्झदै उनले भने हाम्रो लागि यो सरकार संग कुनै आसनै रहेन । वैदेशीक रेमिट्न्यासबाट देश चलेको छ तर हाम्रो जीउ ज्या’नको कुनै वास्ता छैन नेपाल सरकारलाई उनले भने ।-पाथीभरा न्युज

२०७८ भाद्र २, बुधबार २२:५४ गते 1 Minute 434 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार