२०७८ आश्विन ४ सोमबार

साउन ३१ गते रातिदेखि हराइरहेकी प्रियङ्काकाे श’व भेटियाे !

सर्लाही : सर्लाहीमा साउन ३१ गते रातिदेखी ह’राएकी १६ वर्षीया किशोरीको श’व भेटिएको छ । ला’लबन्दी नगरपालिका वडा नम्बर १७ रानीगन्जकी प्रियङ्का भुजेलको श’व

का’लिन्जाेर खोला किनारमा पु’रिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । कालि’न्जाेर खाेला मृ’तक किशोरीको घरदेखि झन्डै तीन किलोमिटर पर पर्ने इ’लाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) निर्मल थापाले जानकारी दिनुभयो।

किशाेरीकाे ह’त्या’को आ’शङ्कामा दुई जनालाई प’क्राउ गरी अनुसन्धान गर्दा शव भेटिएको हो । कि’शोरीका आफन्तले सा’मूहिक ब’ला’त्का’र’पछि ह’त्या भएको बताएका छन् ।घटनाको प्रकृति हेर्दा ब’ला’त्का’र’पछि ह’त्या भएको देखिएकाले थप अनुसन्धान भइरहेको स’र्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

यो पनि – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ दल दर्ता गर्ने तयारी गरेको छ। बुधबार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नयाँ दल दर्ता गर्ने तयारी भइरहेको नेपाल समूहका एक केन्द्रीय सदस्य विरोध खतिवडाले जानकारी दिए।

नेपाल पक्षले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) सम्भावना रहेको छ। एमाले केन्द्रीय सदस्य खतिवडाका अनुसार अन्य नाम र चुनाव चिन्हका विषयमा छलफल जारी छ। ‘नाम र चुनाव चिन्हबारे टुंगो लगाउन छलफलमा जुटेका छौं।’ उनले भने, ‘कानुन व्यवसायीहरुसँग परामर्समा आवश्यक कागजपत्र तयार हुँदैछ।’

अहिले काठमाडौंस्थित अर्याल होटेलमा नेपाल पक्षका नेताहरु छलफलमा जुटेका छन्। दल दर्ताका लागि बुधबारै निर्वाचन आयोग जाने तयारी भएको उनले बताए। नयाँ पार्टी गठनका लागि नेपाल पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइरहेको छ।

माधव पक्षले दल दर्ता गरेको खण्डमा एमाले विभाजन हुनेछ। नयाँ अध्यादेशअनुसार नेपाल पक्षलाई पार्टी फुटाउन ५२ केन्द्रीय सदस्य वा ३१ सांसद भए पुग्छ। एमालेबाट संघीय संसद्मा १ सय ५४ जनाको प्रतिनिधित्व छ। प्रतिनिधिसभामा १ सय २१ र राष्ट्रियसभामा ३४ जना छन्।

२२ जनाले देउवालाई विश्वासको मत दिएका थिए। तुलसा थापा र माया ज्ञवाली मंगलबार नेपाल पक्षको भेलामा सहभागी भए। उपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी बनाए नेपाललाई साथ दिने बताए। विश्वासको मतमा तटस्थ बसेका ११ जनाले साथ नदिए पनि केन्द्रीय कमिटीमा २० प्रतिशत पुर्‍याउन नेपाल पक्षलाई गाह्रो देखिँदैन।

उक्त समूहको हालै भएको केन्द्रीय कमिटी बैठकमा ७३ जना उपस्थित थिए। तटस्थ बसेका ११ जनाले साथ दिए केन्द्रीय कमिटी र संसदीय दल दुवैमा २० प्रतिशत पुग्छ। सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा २० प्रतिशत भए पुग्‍ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो।

२०७८ भाद्र ३, बिहीबार ०६:०१ गते 1 Minute 424 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार