२०७८ आश्विन ६ बुधबार

वैदेशिक रोजगार व्यवसायी सङ्घको संस्थापक अध्यक्ष शेरचनको नि’धन !

काठमाडौं : राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा बुधबार साँझ निध’न भएको छ ।

को’रोना सङ्क्र’मण भई सशस्त्र प्रहरी अस्पताल, हलचोकमा उपचाररत उहाँको बुधबार साँझ नि’धन भएको पारिवारिक स्रोतले जनाएको छ । राजधानी न्यूज पब्लिकेसनका संस्थापक

अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता सङ्गठन मिडिया सोसाइटीका अध्यक्ष हुनुहुन्थ्यो । उहाँ सञ्चारमाध्यम सञ्चालकको संस्था मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्डका सदस्य हुनुहुन्थ्यो ।

वैदेशिक रोजगार क्षेत्रमा कार्यरत उहाँ नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

राजधानी डेली डटकमका सम्पादक ध्रुव लम्सालले आजै ११ बजे पशुपति आर्य’घाटस्थित विद्युतीय श’वदाह गृ’हमा अन्तिम संस्कार गरिने जानकारी दिनुभयो । -रासस

२०७८ भाद्र ३, बिहीबार २२:२३ गते 1 Minute 344 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार