२०७८ आश्विन ५ मंगलवार

बेलायतमा पानीमा डु’बेर नेपाली युवा हेमन्तको मृ’त्यु !

लन्डन : बेलायतमा एक नेपाली युवाले पानीमा डु’बेर ज्या’न गु’माएका छन् । बेलायतको फार्नबरो बस्दै आएका २८ वर्षीय हेमन्तकुमार राईको अगस्ट १६ सोमबारका दिन वेल्सस्थित

एक पानीको झरनामा खेल्ने क्रममा डु’बेर मृ’त्‍यु भएको बेलायती प्रहरीले जनाएको छ । घु’म्नका लागि साथीहरुसँग वेल्स पुगेका उनी त्यहांको ग्ला’इनिथस्थित पो’न्टनेडफिकान झरनामा पुगेका थिए ।

झरनाको पानीमा पसेपछि उनी अ’फ्टेरोमा परेको र केहीबेरमै स्थानीय प्रहरी, उ’द्धारकर्मी र एम्बु’लेन्स पुग्दा मृ’त्‍यु भइसकेको’ प्रहरीले बताएको छ । मृ’तक राईको परिवारनिकट स्रोतका अनुसार उनी पूर्व गोर्खाका छोरा हुन् ।

बेलायतकै एक विश्वविद्यालयबाट उनले हालै इन्जि’नियरिङको अध्ययन पूरा गरेका थिए ।उनीसंगै घुम्न गएका साथीहरुले जनाएअनुसार झरनामा पुग्दा राई ए’क्साइटेड भएर ‘ज’म्प’ गरेका थिए ।

तर अन्य साथीहरु ड’राएर पानीमा प’सेनन् । राई पानीको भू’मरिमा परेर नि’स्किन नसकेको र साथीहरु पनि जो’गाउन जान नसकेको बु’झिएको छ ।राईको मृत्‍’युको सम्बन्धमा थप अनुसन्धान अघि ब’ढाएको प्रहरीले घटनाबारे कुनै जानकारी भए सम्पर्कमा आउन अपिल गरेको छ ।

२०७८ भाद्र ३, बिहीबार २२:४८ गते 1 Minute 357 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार