२०७८ कार्तिक ९ मंगलवार

खुशीको खबर ! नेपाल–जापान हवाई उडान सुरु !

टोकियो : नेपाल र जापानबीचको हवाई उडान सुचारु भएको छ । नेपाल एयरलाइन्सले आगामी महीनाहरुको नियमित उडानको तयारी गरेको छ ।

सेप्टेम्बरमा २ र अक्टोबरमा ३ वटा नियमित सिधा उडानको मिति सार्वजनिक गरिएको छ । सेप्टेम्बर ९ र २३ मा जापानको लागि उडान भर्ने र १० र २४ गते जापानबाट

यात्रु लिएर फर्किने नेपाल एयरलाइन्स जापानकी स्टेशन म्यानेजरले बताएकी छिन् ।अक्टोबरमा पनि २९ र २८ गते नेपालबाट उडान हुने र त्यसको भोलिपल्ट अर्थात् २२ र २९ गते उताबाट यात्रु लिएर फर्किने बताइएको छ ।

जापानले नेपालमाथि यात्रा प्रतिबन्ध लगाएको छ । त्यसैले चार प्रकारको भिसाबाहकहरु अर्थात् स्थायी बसोबासको अनुमति पीअआर पाएको व्यक्ति अनि यिनको श्रीमान/श्रीमति र लामो अवधिको बसोबासको अनुमति पाएको व्यक्ति अनि यिनका जहानहरुले मात्रै नेपालबाट जापान प्रवेशको अनुमति पाउनेछन् ।

जापानबाट नेपाल आउन भने बन्देज छैन । जापान पुगेपछि पनि कूल १४ दिनको क्वारन्टिनमध्ये ६ दिन सरकारले तोकेको स्थानमा क्वारन्टिन बसेर दुई पटक कोरोनाको परीक्षण गराउनु पर्नेछ । बाँकीको ८ दिन पनि आफ्नै घरमा क्वारन्टिनमा बस्नु पर्नेछ ।

२०७८ भाद्र ३, बिहीबार २३:०१ गते 0 Minutes 378 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार