२०७८ आश्विन ५ मंगलवार

बधाई ! ओली पक्षमा लागेकै दिन अष्टलक्ष्मी शाक्य बनिन बागमतीको मुख्यमन्त्री !

काठमाडौं : बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन्। मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद

प्रसाईले मुख्यमन्त्रीमा शाक्यलाई नियुक्त गरेका हुन्। शाक्यको अहिले ८ बजेपछि शपथ ग्रहण कार्यक्रम राखिएको सांसद अरुण नेपालले जानकारी दिए। त्यसअघि बुधबार बिहान

शाक्यलाई नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेता चयन गरेको थियो। मुख्यमन्त्री पौडेलले आज बागमती प्रदेश एमाले संसदीय दलको नेताबाट राजीनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बनाउने गरी दलको नेता बनाइएको थियो।

बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा शाक्य नियुक्त हुनुभएको छ,’ सांसद नेपालले भने, ‘अहिले ८ बजेपछि शपथ ग्रहण राखिएको छ।’ मुख्यमन्त्री शाक्यको शपथसँगै सानो मन्त्रिमण्डल समेत बनाइने उनले बताए।

आजै सानो मन्त्रिमण्डल पनि बन्छ र मुख्यमन्त्रीसँगै शपथ हुन्छ,’ सांसद नेपालले भने। नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ पार्टी गठन गरेपछि नेता नेपाल समूहमै रहेकी शाक्यलाई रोक्न मुख्यमन्त्री बनाइएको चर्चा चलिरहेको छ।-दैनिक न्युज नेपाल

२०७८ भाद्र ३, बिहीबार २३:२२ गते 1 Minute 360 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार