२०७८ आश्विन १३ बुधबार

सुदूरपश्चिमका नेताहरुले छाडे भीम रावलको साथ !

काठमााडौं : विगतमा एमाले नेता भीम रावलको पक्षमा रहेका सुदूरपश्चिम प्रदेश सभाका अधिकांश सदस्यहरुले पार्टी विभाजनसँगै उनको साथ छोडेका छन्।

रावलको साथ छोड्नेमा उनको अत्यन्त निकट मानिने दीर्घ सोडारी पनि छन्। सामाजिक विकास मन्त्री हुँदा केपी शर्मा ओलीबाट बर्खास्त गरिएका सोडारी यतिबेला सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री छन्।

उनी नेकपा एमाले कैलाली ९माधव समूह० का अध्यक्ष समेत हुन्। उनको अध्यक्षतामा बसेको नेकपा एमाले कैलालीको पदाधिकारी बैठकले माधव नेपालको पक्षमा उभिने निर्णय गरेको छ। सोडारी यतिबेला काठमाडौँ छन्।

उनी बुधवार अर्याल होटलमा भएको माधव नेपाल पक्षको भेलामा समेत सहभागी थिए। उनले आफूसहित अधिकांश प्रदेश सभा सदस्य नेकपा एमाले समाजवादीमा आबद्ध हुने बताएको स्रोतले बतायो।

अमर साउँद र बल बहादुर सोडारी उनी निकट मानिन्छन्। सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी पनि माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादीको पक्षमा छन्। मन्त्री जोशीले आफू अतिवाद र प्रतिगमनको विपक्षमा भएको बताइन्।

पूर्व वन वातावरण, उद्योग तथा पर्यटन मन्त्री माया भट्ट पनि भीम रावलको साथ छोडेकी छन्। भट्टले पनि नेपाललाई साथ दिएकी छन्। त्यस्तै नेकपा एमाले कञ्चनपुरमा अध्यक्ष रहेका तारा लामा तामाङ, प्रदेश सभा सदस्य कुलवीर चौधरी, सुशिला बुढाथोकी पनि माधव नेपाल पक्षमा छन्।

आर्थिक मामिला मन्त्री प्रकाश शाह भने नेता रावलको पक्षमा देखिएका छन्। मन्त्री शाहले पार्टी विभाजन गर्ने सैद्धान्तिक र बैचारिक आधार नभएको र आफू पार्टी बिभाजनको पक्षमा नरहेको बताए। उनले पार्टी बिभाजन हुदा लोकतन्त्र नै कमजोर हुने भएकोले आफू पार्टी एकताका पक्षमा रहेको स्पष्ट पारे।

नाताले नेता रावलको भिनाजु हर्क बहादुर कुवँर गोविन्द पनि रावलको पक्षमा लागेका देखिदैनन। सरकारमा राज्यमन्त्री रहेकी अर्चना गहतराजले रावललाई साथ दिएको स्रोतले बतायो। स्रोतले भन्यो, जहाँ रावल जान्छन्। त्यही पार्टी र समूहमा गहतराज रहनेछिन्। कुवँरले आफू प्रतिगमन र अतिवादको विपक्षमा भएको बताए।

म विधि, पद्धति र लोकतन्त्रका पक्षमा थिए। र अहिले पनि छु, हिजो हामीले प्रतिगमन र अतिवादका बिरुद्ध संघर्ष गर्यौ, कुवँरले भने, प्रतिगमन त सच्चियो, अतिवाद सच्चिएको छन्।उनको भनाईको आशय ओलीका बिरुद्ध देखिन्छ। तर रावलका कारण उनी दोधारमा हुन सक्ने स्रोतले बतायो।

प्रदेश सभा सदस्य प्रकाश रावल पनि भीम रावल निकट मानिन्छन्। तर यतिबेला उनी तटस्थ छन्।चुनकुमारी चौधरीलाई रावलले राज्य मन्त्री बनाएका हुन्। यद्दपि मन्त्री पद जोगिने शर्तमा मात्र उनी रावलको पक्षमा जाने देखिन्छन, स्रोतले भन्यो, तर अहिलेको सरकारमा रहेकाहरु रावललाई साथ दिदा भने मन्त्री पद गुमाउने निश्चित छ।

नेकपा एमालेका २५ सांसद रहेको सुदूर पश्चिम प्रदेश सभामा भीम रावलका पक्षमा सुदूर १८ जना सदस्य थिए। सात जना भने ओली पक्षमा उभिएका थिए। पार्टी बिभाजन हुदा उनीहरुले एक ढिक्का भएर रावललाई साथ दिने दावी गरिएको थियो। तर रावलकै विश्वास पात्रहरुले उनको साथ छोडेका छन्।

पार्टी विभाजनले नेपाल समूह पनि सुदूर पश्चिम प्रदेश सभामा विभाजन भएको छ। कतिपय सांसद एकताका पक्षमा भन्दै तटस्थ देखिएका छन्। अव एकताको संभावना नरहेपछि एक दुई दिनमा सबै सांसदहरुले आफ्नो कित्ता स्पष्ट पार्ने बताइएको छ।-दैनिक न्युज नेपाल

२०७८ भाद्र ४, शुक्रबार १६:५७ गते 1 Minute 266 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार