२०७८ आश्विन १३ बुधबार

अष्ट्रेलियाको सिड्नीमा लकडाउनको अवधि फेरि थप !

सिड्नी : अष्ट्रेलियाको सिड्नीमा लागू हुँदै आएको लक’डाउन समयावधि फेरि थप गरिएको छ । देशको न्यू साउथ वेल्स प्रदेश सरकारले को’रोना भाइ’रसको महामा’रीबाट धेरै

प्रभा’वित सिड्नीको बृहत् क्षेत्रमा लागू गरिएको लक’डाउनको अवधि फेरि थप गर्ने निर्णय गरेको हो । देशको सबैभन्दा धेरै जनसङ्ख्या रहेको यस प्रदेशमा महमा’रीको प्र’भाव पनि धेरै परेकाले सतर्कता पनि बढाइएको छ ।

समयावधि बढाएसँगै सिड्नी क्षेत्रमा आगामी सेप्टेम्बरको अन्त्यसम्म नै लक’डाउन कायमै रहने भएको छ । कतिपय क्षेत्रमा राति ९ देखि बिहान ५ बजेसम्म कफ्र्यू पनि लागू गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

तर अत्यावश्यक काम, स्वास्थ्य सेवालगायतका लागि भने स्थानीय अधिकारीहरुको अनुमति र समन्वयमा हिँड्डुल गर्न पाइने व्यवस्था गरिएको छ ।

घरबाहिर गरिने शारीरिक व्यायाम दैनिक एक घण्टा मात्रै गर्न पाइने अधिकारीहरुले जानकारी दिएका छन् । लकडाउन लागू गरिएको क्षेत्रमा घरबाट बाहिर निस्कँदा शारीरिक कसरत गर्दाबाहेक अरू बेला मास्क अनिवार्य गरिएको छ । यो व्यवस्था पनि यही अगस्त २३ देखि नै लागू हुन्छ ।

सिड्नीको बृहत् क्षेत्र र आसपासका क्षेत्रमा लागू गरिएको लक’डाउन यही अगस्त २८ मा सकिन लागेको छ । तर सरकारको नयाँ निर्णयले अहिले ल’कडाउन अन्त्य नभएर फेरि एक महिना लम्बिने भएको छ ।

न्यू साउथ वेल्स प्रदेशभर पछिल्लो २४ घण्टामा मात्रै ६४४ जना नयाँ सङ्क्र’मित थपिएका र चार जनाको मृ’त्यु भएको विवरण सार्वजनिक भएकै बेला लक’डाउनको समयावधि थप्ने निर्णय भएको हो । -रासस/सिन्ह्वा

२०७८ भाद्र ४, शुक्रबार २१:५४ गते 1 Minute 242 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार