२०७८ आश्विन २ शनिबार

केपी ओली भन्नुहुन्छ : देश र नागरिककाे सेवाबाहेक मेराे अरू कुनै जागिर छैन ।

काठमाण्डाै : नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देश र नागरिककाे सेवाबाहेक आफ्नो अरू कुनै काम नभएको बताउनुभएको छ ।

आज शुक्रवार काठमाण्डाैकाे चन्द्रागिरि हिल्समा आयोजना गरिएको ‘भिराडिल–चन्द्रागिरि जेसुम’ उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश र नागरिककाे सेवाबाहेक आफ्नो अरू कुनै जागिर नभएको स्पष्ट पार्नुभयो ।

उहाँले जसले चाहे पनि आफूलाई सदुपयोग गर्न सक्ने बताउनुभयो । जहाँनिर मलाई सदुपयोग गर्न सकिन्छ गर्नुहोस् भन्दै अध्यक्ष ओलीले आफू त्यसका लागि तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देशको, नागरिककाे सेवाबाहेक छुट्टै जागिर छैन ।

केही पनि छैन । त्यस कारण जसले जहाँ समाएर काम लगायो, हलो जोत भन्यो, हलो जोत्यो । पर्खाल लगाऊ भने पर्खाल लगायो । घर छा भने घर छायो । ट्र्याक्टर चला भने चलायो । भिराडिल बनाऊ भन्यो बनायो ।

सम्म पार भन्यो, सम्म पार्‍याे । जहाँनिर सदुपयोग गर्न सकिन्छ म त्यसका लागि तयार छु । तपाईँहरू काम लगाउनुहोस् ।’कार्यक्रममा उहाँले शिक्षा सुधारका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

चन्द्रागिरि नगरपालिका १९ मा स्थापित वडाध्यक्ष शैक्षिक विकासका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । उहाँले त्यस क्षेत्रको विकास निरन्तर

अगाडि बढाउनुपर्ने बताउनुभयो । त्यस अवसरमा अध्यक्ष ओलीले कार्यक्रममा बस्दा– बस्दै कविता लेखेर वाचन गर्नुभएको थियो । शीर्षक आफैँ राख्नुहोस् उहाँकाे कविता यस्ताे छ ।

२०७८ भाद्र ४, शुक्रबार २२:३३ गते 0 Minutes 266 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार