२०७८ आश्विन ५ मंगलवार

रेखा थापाको आज जन्मदिन, शुभकामना दिनेको ओहिरोव । कति वर्ष पुगिन् त?

काठमाडौं : नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाको आज जन्मदिन । हिरो चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी रेखाले अहिलेसम्म दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन् ।

कुशल अभिनेत्रीका रुपमा चिनिएकी रेखाले आफ्नै ब्यानरका केहि चलचित्र आफैले निर्देशन समेत गरेकी छन् । रेखा अभिनित चलचित्र हिरो, मितिनी, धड्कन, हामी तीन भाई,

हिम्मतवाली, किस्मत, मालिका जस्ता चलचित्रहरु दर्शकमाझ निकै लोकप्रिय रहेका छन् । रेखा अधिकाशं चलचित्रहरुमा एक्सन अवतारमा देखिने गर्छिन । एक्सन नायिकाको रुपमा

दर्शकमाझ लोकप्रीय बनेकी रेखालाई अहिले नेपाली फिल्मको हिरोका रुपमासमेत लिइने गरिन्छ । रेखाको जन्म वि.सं २०३९ भाद्र ५ गते मोरङको कोशी हरैचामा भएको हो ।

नायिका थापाले आज काठमाडौंमा टंगालमा खोलेको नयाँ रेष्टुरेन्टमा आफ्नो जन्मदिन मनाउँदैछिन् । उनले कोरोना कहरको कारण सिमित आफन्त र साथीभाईहरुसँग बसेर जन्मदिन मनाउन लागेको जनाईन् ।

२०७८ भाद्र ५, शनिबार १४:२१ गते 0 Minutes 2359 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार