२०७८ आश्विन २ शनिबार

३० किलो तौल घटाएका दिन निशानी भन्छन- तौल घटाउने शरीरले होइन, दिमागले रहेछ ।

काठमाडौ : दिल निशानी मगर, आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो ।सानोमा म दुब्लो–पातलो नै थिए ।

मेरो नाति खान नपाएजस्तो ‘मरनच्यासे’ देखिने हैन भन्दै लेक चरेर आएको भैंसीको घ्यूमा कुखुराको अण्डा फ्राई गरेर हजुरआमाले दिएको हिजो जस्तै लाग्छ । आज उहाँ ब्रह्मलिन हुनुभएको पनि ६ वर्ष भइसकेछ ।

आई मिस यू’ हजुर आमा ।यसरी सानो छँदादेखि नै मोटोघाटो नै राम्रो देखिने रहेछ भन्ने छाप परिरह्यो । म त्यति धेरै हेर्नै नसकिने खालको अस्वाभाविक मोटो त कहिल्यै थिइनँ तर खाने कुराहरू मिलाएर खानुपर्छ भन्ने कहिल्यै लागेन ।

जे खान्छ, मजाले पचाउँछ भने जस्तै खानेकुरा देख्यो कि मुखमा हाल्ने आदत नै बस्यो ।उमेर र उचाइ अनुसार खानपानको ख्याल गर्नुपर्छ भन्ने कहिल्यै लागेन ।

मोटोघाटो नै राम्रो देखिन्छु भन्ने भ्रममा रमाइरहे ।पछिल्लो समय आफूलाई मन परेका कपडाहरू ‘लार्ज’ त्यो पनि एक्स्ट्रा लार्ज कमिजहरू किन्नुपरेको थियो । सोल्टिनीहरूले आँखा लगाउन छाडिसकेका थिए । शरीरमा स्फूर्ति र जुझारुपनमा कमी देखिएको थियो ।

३–४ किलोमिटर हिँड्दा पनि शरीर थाक्ने जस्तो भएको थियो । शरीरकै कारण स्वीमिङ पुलमा रमाउन सकिरहेको थिइनँ । समुन्द्रमा नाङ्गै हिँड्न पनि असहज स्थिति बनेको थियो ।
समग्रमा भन्नुपर्दा मोटो शरीरको कारण मिठो–मिठो मुखले त

खाएको थियो तर भौतिक सुखका अन्य पाटोहरू मदेखि बिस्तारै टाढा हुँदै थिए ।भाइसाथीहरूसँग भेट हुँदा ‘के खाएर हो यतिधेरै मोटाएको’ भन्ने जस्ता शब्द सुन्न थालिसकेको थिएँ, जसले मलाई मनमा पीर पारेको थियो ।

२ वर्ष अघिदेखि नै शरीरको तौल घ’टाउने प्रयास नगरेको पनि होइन तर किन–किन, प्रयासहरू अ’सफल भइरहेका थिए । ३–४ किलोग्राम घट्छ, फेरि ५ किलो बढ्छ । यस्तै ग’डबड भइरहेको थियो । १ महिना डा’इटमा बस्ने, फेरि खाने भइरहेको थियो ।

शारीरिक व्यायाममा पनि कुनै नियमितता थिएन । जाँगर चल्दा मात्रै दौडिने, उफ्रिने काम भइरहेको थियो । शरीरको तौल बढ्नुमा यस्तो आदत नै झन् सबैभन्दा खतरनाक हुने रहेछ । यो गर्दा पनि पनि हुँदैन, त्यो गर्दा पनि हुँदैन । मेरो शरीरको तौल ९५ किलोग्राम पुगिसकेको थियो ।

मेरो उमेर र उचाइ अनुसार हुनुपर्ने त ६५–७० किलोग्रामसम्म थियो । यसरी हेर्दा २५–३० किलोग्राम तौल मेरो शरीरका लागि बढी भइरहेको थियो । शरीरको पूर्ण परीक्षण गर्दा स्वास्थ्य समस्या केही नदेखिए पनि डाक्टरले तौल घटाउनुपर्ने सल्लाह दिइरहेका थिए । १ जना डाक्टरले त धेरै से’क्स गर्‍यो भने तौल घ’ट्छसम्म भनेका थिए ।

के गरौं, कसो गरौं ? म बडो तनावमा थिएँ । मैले धेरै मोटिभेसनल कुराहरू यूट्युबमा हेरें, गूगलमा सर्च गरें । डाइटिसियनसँग पनि कुरा गरें । सम्भव भएको जति अध्ययन गरें । त्यसबाट पत्ता लाग्यो – शरीरको तौल घटाउने काम दिमागको हो, सबैभन्दा ठूलो कुरा हो दिमाग बलियो हुनु, दिमागमा आत्मविश्वास हुनु ।

यति तौल घटाएरै छाड्छु भनेर प्राण गर्नु । निश्चित टार्गेट राखेर त्यसतर्फ लम्किनु ।अर्को हो – त्यसको सफलताका लागि अनुशासित हुनु अर्थात् नियमको पालना गर्नु ।मेरो खानपिनको आनीबानी यस्तो थियो कि घरमा पकाएको जति मिठो चौरासी व्यञ्जन भए पनि खानै मन नपर्ने, सधैं बाहिर खानुपर्ने ।

भाइसाथी बटुलेर सधैं बाहिर होटलतिर, रेस्टुरेन्टतिर खानुपर्ने । घरको त मिठो नै नहुने । म धेरै पटक घरको पाकेको खाना छाडेर होटलतिर खान गएको छु । अहिले सम्झिँदा हाँसो लाग्छ ।चिसो पेय पदार्थ जस्तो कि कोक एकदमै पिउनुपर्ने । चकलेट धेरै मन पर्ने, मासु पनि पूरै तोरीको तेलमा डुबाएर तारेको खानुपर्ने ।

आलु त कति मिठो हुने भनिसाध्य छैन । मैलै सबैभन्दा पहिला जे–जे कुरा नियमित रूपमा खाने गरेको थिएँ, त्यो सबै बन्द गरिदिए । मैले ‘फूड प्लान’ बनाएँ । १ हप्ताभित्र यो–यो खाने, त्यो पनि यति मात्रामा मात्रै खाने भनेर क्यालोरी गणना गर्न लागे ।मेरा बाबै नि !

४ दिनको लागि पुग्ने खाना पहिला त एकैदिन खाने रहेछु । त्यति धेरै खाना शरीरको लागि आवश्यक नै थिएन रहेछ । मैलै विगतमा दैनिक ४ हजारसम्म क्यालोरी खाएको रहेछु । त्यसलाई मैलै केही गरिनँ, त्यही क्यालोरी झारेर ७०० बनाएँ । तपाईंहरू आफैं विचार गर्नुहोस्, ४ हजार क्यालोरीलाई घटाएर दैनिक ७०० बनाउँदा शरीरलाई कति सजिलो होला ? -लोकन्तर बाट

२०७८ भाद्र ५, शनिबार १७:५० गते 1 Minute 1323 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार