२०७८ आश्विन २ शनिबार

ब्रेकिङ – टिकट्क, पब्जी तथा फ्रि–फा’यरमा प्र’तिबन्ध लगाउन सर्वोच्च अदालतको आदेश !

काठमान्डौ : भिडियो सेयरिङ एप टिकटक र मोबाइल गेम पब्जी तथा फ्रि–फा’यरमा प्र’तिबन्ध लगाउन बंगलादेशको सर्वोच्च अदालतले त्यहाँको सरकारलाई आदेश दिएको छ ।

बालबालिकाको मा’नसिक स्वास्थ्यमा असर पार्ने किसिमका अनलाईन गेम र एपहरु तत्काल प्र’तिबन्ध गर्न अदालतले आदेश दिएको हो ।अदालतले यस्ता गेम र एपमाथि प्र’तिबन्ध नलगाउनुको कारण १० दिन भित्र पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ ।

डेली स्टार (बंगलादेशी पत्रिका) को रिपोर्ट अनुसार यस्ता एपमाथि प्र’तिबन्ध माग गर्दे परेको रिटमा सुनुवाई गर्दै न्यायधीश मो’जिबुर रहमान मिया र न्यायधीश कमरुल हु’सेन मो’ल्लाह सहितको बेञ्चले यस्तो आदेश दिएको हो ।युवा र बालबालिकाको मा’नसिक स्वास्थ्यमा असर पार्ने एपमाथि प्र’तिबन्ध लगाउनको लागि सिफारिस गर्ने गरी प्रविधि विज्ञ,

शिक्षाविद् र अधिवक्ताहरुको समिति गठन गर्न बंगलादेशी बंगलादेश टे’लिकम्युनिकेसन एण्ड रे’गुलेसन कमिसन (बी’टीआरसी) लाई आदेश दिनको लागि पनि रिट नि’वेदकहरुले माग गरेका छन् ।

बंगलादेशमा यस्तो समाचार आएको यो पहिलो पटक भने होइन । यस अघि पनि गत जुनमा बंगलादेशमा पब्जी मोबाइल र फ्रि–फा’यर प्र’तिबन्धको खबरले स’नसनी म’च्चाएको थियो । बंगलादेशमा मोबाइल गेम पछिल्लो समय निकै लोकप्रिय छन् । यस्ता गेमहरु खेलाडि र क’न्टेन्ट क्रि’यकटरको लागि पेशको रुपमा स्थापित हुँदै आएको एक रिपोर्टमा जनाइएको छ ।

२०७८ भाद्र ५, शनिबार २३:२५ गते 0 Minutes 292 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार