२०७८ आश्विन १ शुक्रबार

नेकपा नाम विवादकाे फैसला सर्वोच्च अदालतले आज फैसला गर्दै ।

काठमाडौँ, २३ फागुन । सर्वोच्च अदालतमा विचाराधीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे नाम वि’वादसम्बन्धी मु’द्दामा आज फैसला हुँदैछ ।

ऋषि कट्टेलले आफू नेतृत्वकाे पार्टीको नामसँग मि’ल्दोजुल्दो नाम अन्य पार्टीकाे समेत राखेको भन्दै २०७५ मंसिर ५ गते सर्वाेच्च अदालतमा रि’ट दर्ता गराएका थिए । उक्त मु’द्दामा
निर्वाचन आयोगलाई वि’पक्षी बनाइएकाे छ ।

सर्वाेच्च अदालतका न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा उक्त मु’द्दामाथि सुनुवाइ हुँदैछ । यसअघि यही फागुन २० गते बिहीबार साे मुद्दाकाे फैसला सुनाउने मिति तय भएकाे थियाे ।

तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा साे दिन शोक बिदा दिइएकाले अ’दालत ब’न्द रह्याे ।हाल निर्वाचन आयोगमा नेकपा नामबाटै सत्ताधारी दल पनि दर्ता छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेकाे थियाे । नाम जुधेकाे भन्दै कट्टेलले अदालतमा मु’द्दा हालेका थिए ।

२०७७ फाल्गुन २३, आईतवार ११:२२ गते 1 Minute 331 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार