२०७८ आश्विन ६ बुधबार

रोजगारीको लागि पर्देस पुगेका २४ युवा बाक’समा आए !

काठमाडौं : स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्त’र्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ ।

वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपु-याइएको हो । वैदेशिक रोजगार बोर्डको सचिवालयले मलेसियाबाट नौवटा श’व र १५ वटा अ’स्थु गरी २४ युवकको श’व आइपुगेको जनाएको छ ।

बोर्डका अनुसार को’भिडपछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका श’व एकैपटक सङ्कलन गरेर ल्याउने गरिएको छ । कोभिडका कारण मृ’त्यु हुनेको अस्थुमात्रै ल्याइने र अन्य कारणले मृत्यु भएका श्रमिकको श’व नै ल्याइने गरेको बोर्डका सूचना अधिकारी दी’नबन्धु सुवेदीले जानकारी दिए ।

विमानस्थल आइपुगेका नौवटा शव शनिबारै मृतकको घरसम्म पठाइएको बोर्डले जनाएको छ । यसरी विदेशबाट आएका शवको बोर्डले निःशुल्क घरसम्म पु¥याउने काम गर्दै आएको छ ।

श’वसँगै आएका अस्थु भने सम्बन्धित मृत’कका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ । युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अ’र्थतन्त्र धानेको भन्दै सरकारले गर्वसाथ तथ्य सार्वजनिक गर्दै आएको छ ।

तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृ’त्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षतिबारे खै मूल्याङ्कन ?

रोजगारीका लागि गएका युवामध्येबाट दैनिक औसतमा तीनवटा शव यसरी नै विमानस्थलमा आइपुग्छन् । पछिल्लो पटक को’भिडका कारण उडान नियमित नहुँदा विदेशमा सङ्कलन भएका शव १५ देखि महिना दिनको बीचमा एकैपटक ल्याउने गरिएको छ । -यो समाचार गोरखापत्र दैनिकमा छ ।

२०७८ भाद्र ६, आईतवार १८:५२ गते 1 Minute 411 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार