२०७८ आश्विन ४ सोमबार

स्मार्ट सरकार बनाउनै सकेनौं भन्दै गगन थापाले स्विकारे गल्ति !

काठमाडौँ : २०७६ सालमा हामी महाव्याधिको चक्रव्यूहमा पसिसकेका थिएनौं । त्यसभन्दा अगाडिको अवस्था पनि त्यति राम्रो थिएन । स्वास्थ्यमा हामी को’भिडको संक्र’मणबाट हुने तथ्यांक हेर्छौं ।

यो हेर्दैगर्दा गैरको’भिड क्षेत्रमा वर्षौं लगाएर आर्जन गरेका जुन उपलब्धि छन् ९ह्युमनाइजेसन, पोषण, रि–प्रड’क्टिभ हेल्थ, ननकम्युनिकेबल डिजिज० थुप्रै ठाउँमा वर्षौं पछाडि धकेलिएका छौं । शिक्षामा पनि घाटा छ, यसको हिसाबकिताब कसरी गर्ने हो मलाई थाहा छैन ।

वैदेशिक रोजगार, वैदेशिक व्यापारमा थुप्रै ठाउँमा हामी हेर्न सक्छौं । पोलिटिकल कम्यु’निटीमा काम गरिरहेको हिसाबले (पोलिटिकल वर्कर भनौं) मलाई लाग्छ– हामी जे गरिरहेका छौं, त्यो गरिरहने तर गर्ने तरिका केही नबदल्ने रहेछौं । कुनै पुस्तकमा प्रत्येक क्राइसिसमा अवसर आउँछ भनेर पढ्ने तर त्यसलाई आफूमा लागू नगर्ने हो भने केही बदलिँदैन ।

चाँदीको घेरा परबाट हेरेकै हेर्‍यै हुन्छ । बदलिने ठाउँहरू छन् । जस्तै– स्वास्थ्य क्षेत्र । शिक्षा र स्वास्थ्यलाई महत्त्वपूर्ण सामाजिक क्षेत्र भनेर भन्थ्यौं ।

तर, पोलिटिकल लिडरसिपको कमिटमेन्ट हेर्‍यौं भने असाध्यै कमजोर प्रतिबद्धता रहेको अवस्था हुन्थ्यो । अहिले हेर्दाहेर्दै एकैपटक स्वास्थ्य क्षेत्र राजनीतिक दल वा नेतृत्वका निम्ति मुख्य प्राथमिकताको विषय बन्यो ।

टेक्नो’लोजीको प्रयोग गएको एक–डेढ वर्षमा गर्‍यौं । हाम्रो इकोनोमीमा, बैंकिङ, सर्भिस सेक्टर, शिक्षा, स्वास्थ्यमा यसलाई ग्रहण गर्न र गति समात्न १०–१५ वर्ष लाग्थ्यो होला । हामीलाई यो संकटले केही स्थान दिएको छ ।

ससानो कुराबाट हेरौं । यदि हामीसँग तथ्यांक हुन्थ्यो भने मान्छेसँग आयको स्तर के छ, लक’डाउन नगरीकन कसलाई काममा जान दिने, कसलाई नदिने, कसलाई घरबाट काम गराउन लगाउने, कसको घरमा खाना पु¥र्‍याउने जस्ता विषयको व्यवस्थापन गर्न सहज हुन्थ्यो ।

यति धेरै शक्तिशाली स्थानीय सरकार छन् । टेक्नोलोजीको प्रयोग गरेर तथ्यांक राख्ने राम्रो रोबट सिस्टम बनाएको भए अहिलेको भन्दा आधा खर्चमा, व्यापार र कारोबारलाई कम प्रभा’वित गरेर योभन्दा प्रभावकारी काम गर्न सक्थ्यौं । लकडाउनबाट संक्र’मण दर कम गर्न खोजिएको हो तर त्योभन्दा कम गर्न सक्थ्यौं ।

हामीलाई त्यो एउटा सिकाइ भएको छ । प’ब्लिक पोलि’सीमा, कार्या’न्वयन गर्ने कुरामा कति ग्रहण र स्वीकार गर्न सक्छौं त्यो कुरा हेर्नुपर्छ । हामीले राजनीतिक अधिकारको कुरा गरेको हो भने २०६० साल र अहिलेको अवस्थालाई अलगअलग राख्नुपर्छ । २०४९र५० र अहिलेको अवस्था पनि उस्तै होइन ।

२०६२र६३ पछि जुन राजनीतिक परिस्थिति बन्यो त्यसले संविधान निर्माण भयो । यो उपलब्धिलाई छुट्टै रूपमा हेरौं ।
२०७४ सालसम्म स्थिर सरकार छैन भन्ने छुट थियो । पाँच वर्षका निम्ति सरकार नभएको भन्ने छुट थियो । सबै कुरा ठीकठाक हुँदा पनि हाम्रो कार्यक्षमता बदलिएन ।

अहिले दुईरअढाई वर्ष टिक्ने सरकार भएन । नयाँ सरकार ल्याएका छौं तर काम गर्न सक्ने सरकार बदल्न सकेनौं । सार्वजनिक नीति नै बनाउन सकेनौं भने आखिर के बलदियो भने परिमाण बदलिन्छ भन्ने प्रश्न आउँछ ।

मेरो दल महाधिवेशनको तयारीमा छ । नेपालभरका सदस्यहरू संगठित भएर दल बन्छ । चुनाव जितेपछि सरकार चलाउने जिम्मे’वारीमा पुग्छौं । जस्तो– अहिले हामी पुगेका छांै । तर, सरकारमा पुगिसकेपछि दलले सार्वजनिक नीति कस्तो बनाउने, किन बनाउने, त्यसको प्रभाव कस्तो हुन्छ भन्नेमा छलफल गरेको आजसम्म थाहा छैन ।

मैले आफ्नो दलको मात्रै कुरा गरेको छैन । अरूको पनि अवस्था त्यही हो । सार्वजनिक नीति कस्तो बनाउने भन्नेबारेमा दलहरू एकातिर रहेछन्, भोलि गएर सरकार चलाउने अर्कोतिर रहेछ । भू’कम्प–संक’टबाट धेरै सिक्यौं भनेर उत्साहित भएर बसेका थियौं । सबै सिकेको जस्तो लाग्थ्यो ।

त्यसैले सार्वजनिक नीति बनाउनेले संक’टभित्र आएको विभिन्न अवसरलाई त्यो सिकाइको रूपमा लिए राम्रो हुन्छ । मैले ‘माई सेकेन्ड टिचर’ लाई नजिकबाट हेरेको छु । हाम्रो पब्लिक मात्रै होइन निजी स्कुलको अवस्था पनि कमजोर छ । स्कुलमा पढाइ भएको छ, तर सिकाइ भएको छैन । त्यहाँबाट निस्केका केटाकेटीहरू भोलि के गर्छन्, थाहा छैन ।

अहिले ‘जुम’मा कुरा गर्छौं । पहिला पनि थियो तर आवश्यक ठानेका थिएनौं । भेटेरै कुराकानी हुन्थ्यो । विगतमा पनि माई टिचरको उपलब्धता थियो । हामीले एउटा अध्ययन पनि गरेका थियौं । सार्वजनिक विद्यालय सुधारका निम्ति विद्यालय मर्ज गर्ने, गणित र विज्ञान अध्ययनका लागि राम्रो शिक्षक आवश्यक हुने भनेका थियौं ।

डिजिटल भनेको एउटा माध्यममात्रै हो । पढाउन आखिर शिक्षक नै चाहिन्छ । त्यो ठाउँमा माई टिचर जस्तालाई प्रयोग कसरी गर्ने, विद्यालयसम्म कसरी लैजानेलगायत कुराहरू भयो भने संकटको सदुपयोग हुन्छ । त्यो सिकिएन भने कोभिडपछि दुई–चार महिनामै त्यो नोक्सान हुन्छ ।-दैनिक न्युज नेपाल

२०७८ भाद्र ६, आईतवार १९:०३ गते 1 Minute 303 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार