२०७८ आश्विन १ शुक्रबार

गाउँपालिकाका अध्यक्षहरु भटाभट माधब नेपालको नयाँ पार्टीमा लाग्न थाले ।

काठमाडौं : दैलेख दुई गाउँपालिकाका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेका छन् । आज शनिबार नेकपा ९एकीकृत समाजवादी० पार्टी

आयोजना गरेको जिल्लामा भेलामा दुई गाउँपालिका अध्यक्ष चार स्थानीय तहका उपाध्यक्ष सहभागी भएका हुन् । दैलेख भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही भेलामा सहभागी भएको एक सहभागी बताए ।

त्यस्तै, महावु गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी बुढा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, चामुण्डा विन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही र ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह उक्त भेलामा सहभागी भएका थिए ।

भेलालाई कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापाले सम्बोधन गरेका थिए । विगतमा कारबाहीको डरका कारणले एमालेमा मौन बसेका जनप्रतिनीधिहरु अहिले आफ्नो

पक्षमा खुल्न थालेको कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापाले बताए । ‘ओलीको एमालेमा के एजेण्डाका आधार लाग्छन्,’ उनले भने, ‘दैलेखका प्रायः सबै जनप्रतिनिधि हाम्रो पक्षमा लाग्छ्न् ।’

२०७८ भाद्र ६, आईतवार १९:०९ गते 0 Minutes 308 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार