२०७८ आश्विन ४ सोमबार

कुलमान घिसिङको नियुक्ति विरु’द्धको रिटमा आज सुनुवाइ हुने !

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरू’द्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज हुँदैछ ।

शाक्यले साउन ३२ गते नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

प्राधिकरणको कार्यकारी निर्देशक रहेकै बेला ऊर्जा आयोगको विशेष सदस्य बनाइएका शाक्यले आफूले सो पद स्वीकार नगरेको भन्दै कुलमान घिसिङको नि’युक्ति बदरको माग गर्दै रिट दायर गरेका थिए। शाक्यले आफ्नो सहमतिबिना

स्थानान्तरण गर्न नमिल्ने भन्दै उनले आफू सोही पदमा बहाल रहेको जि’किर गरेका छन् । आफूले राजी’नामा दिएको वा प्रक्रिया पूरा गरी बीचमा हटाएको अवस्था बाहेक आफ्नो

पदावधि २०८१ साल माघ २८ गतेसम्म रहने उनको जिकिर छ । ११ महिनाअघि कार्यकाल पूरा भएर बाहिरिएका घिसिङलाई मन्त्रिपरिषदको साउन २६ गतेको बैठकले नियुक्त गरेको थियो ।
थप समाचार – लोडशे’डिङको अन्त्य भए पनि विना’जानकारी बिजुली का’टिने स’मस्या अझै पनि हट्न सकेको छैन। किन बिजुली का’टियो भन्नेबारे नेपाल विद्युत् प्राधिकरणले सामान्य सूचनासमेत दिन छाडेको छ।

यस्तै, नयाँ बत्ती जडानका लागि मीटरसमेत पाउन छाडियो। नो लाइट नम्बरमा फोन गर्दा कर्मचारीको व्यवहार रुखो हुन थाल्यो। एकातिर फोन नउठ्ने, उठिहाले पनि कुनै जानकारी नदिने अवस्था देखिन थाल्यो। पछिल्लो १ वर्षमा आम उपभोक्ताले यस्ता समस्या भोग्दै आएका छन्।

गुनासो गर्ने निकायले गुनासो सुन्दैन, आवश्यक परेका बेला विनाजानकारी बिजुली का’टिन्छ। समस्या बढ्दै गएपछि त्यसलाई समाधान गर्न प्राधिकरणले पहल थालेको छ। प्राधिकरणमा कार्यकारी निर्देशकका रूपमा पुनः नियुक्ति भएर आएपछि कुलमान घिसिङले उपभोक्ता भनेका देवता समान रहेको भन्दै समस्या स’माधानका लागि पहल थालेका छन्।

विद्युत् आपू’र्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहा’वट निय’न्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालिएको प्राधिकरणले जानकारी दिएको छ। विनाजानकारी झ्याप्पझ्याप्प बत्ती जाने गरेको, नयाँ बत्ती जडानका लागि मीटर पाउन छोडेको,

नो लाइटमा फोन गर्दा फोन नउठाउनेजस्ता गुनासा आउन थालेपछि यस्ता स’मस्या स’माधान गरी सेवा प्रवाहमा सुधार ल्याउन प्राधिकरण व्यवस्थापनले आवश्यक प्रयत्न गरेको छ। प्राधिकरणले विद्युत आपूर्तिलाई नियमित, भरपर्दो तथा गुणस्तरीय र सेवा प्रवाहलाई छिटो, छरितो एवं सहज बनाउने विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ।

२०७८ भाद्र ८, मंगलवार १७:५१ गते 1 Minute 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार