२०७८ कार्तिक ९ मंगलवार

अब भिजिट भिषामा पनि युएई जान सकिने तर यस्तो छ शर्त !

काठमाडौ : आवाशिय भिषा बाहकलाई मात्र दुबई प्रवेशको अनुमती दिएको दुबई सरकारले अब भिजिट भिषा बाहकलाई पनि दुबई प्रवेश गर्न दिने भएको छ ।

फ्लाई दुबईको वेभसाइटमा उल्लेख भए अनुसार भारत, पाकिस्तान, नेपाल, नाइजेरिया, श्रीलंका वा युगान्डाले जारी गरेको राहदानी बोकेका यात्रुहरु दुबईमा पर्यटक भिसा सहित प्रवेश गर्न सक्ने बताईएको छ ।

तर यि देशहरु बाट दुबई प्रवेश गर्ने यात्रुहरुले १४ दिन अन्य देशमा बिताएर मात्र दुबई प्रवेश गर्न पाउनेछन् । जस्तै: दुबई जान चाहने भिजिट भिषा बाहक नेपालीहरुले नेपाल बाट १४ दिन कतार गएर बसेर त्यसपछि दुबई प्रवेश गर्न पाउनेछन् ।

यसरी जान चाहने यात्रुहरुले दुबईको रेजीडेंसी र विदेशी मामिला महानिदेशालय ( GDRFA ) को अनिवार्य अनुमती लिनुपर्ने हुन्छ। त्यस्तै उडान हुनुभन्दा ४८ घण्टा भित्रको QR कोड सहितको नेगे’टिभ पिसिआर रिपोर्ट हुनुपर्छ ।

खालीज टाईम्सका अनुसार यात्रुहरुले उडान हुनुभन्दा ६ घण्टा भित्रको RDT PCR Report पनि बोक्नुपर्ने हुन्छ र दुबई एअरपोर्टमा उत्रेपछि एअरपोर्टमै पुन: अर्को RDT PCR परिक्षण गर्नुपर्ने हुन्छ ।

एअरपोर्ट बाहिर निस्केपछि फेरी अर्को पिसिआर परिक्षण पनि गर्नुपर्ने हुन्छ । त्यस्तै बंगलादेश, ईन्डोनेशिया तथा अफगानस्थान बाट युएई प्रवेशमा तत्कालको लागी रोक लगाईएको समाचारमा जनाईएको छ ।

तर यो नियम कूटनीतिक, आर्थिक र वैज्ञानिक मिशनका सदस्यहरु, यूएई नागरिकहरु, युएई गोल्डन भिसा धारकहरुको लागी भने लागु हुने छैन । यो सुविधा दुबई भिषा बाहकलाई मात्र हो या सबै ईमिरेट्समा लागु हुने हो त्यो चै खुलिसकेको छैन । -उज्यालो नेपाल

२०७८ भाद्र ८, मंगलवार २०:०५ गते 1 Minute 290 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार