२०७८ आश्विन १३ बुधबार

चु’म्बन काण्ड – सम्पत्तिको हिनामिना हुने भन्दै ना’बालक छोराहरूको तर्फबाट अंश मु’द्दा दायर !

रुपन्देही : परपुरुषसँग ‘रोमान्स प्रकरण’ सार्वजनिक भएर वि’वादमा तानिएकी लुम्बिनीकी प्रदेश सांसद विमला वली खत्री अर्को झमेलामा परेकी छन् ।

उनीविरु’द्ध दुई नाबालक छोराहरुकै तर्फबाट अदालतमा अंश मुद्दा दायर भएको छ । विमलाका दुई छोराहरु १२ वर्षिय प्रणय वली र ९ वर्षिय दिवाकर वलीको तर्फबाट उनीहरुका साहिँलो बुबा अमरबहादुर वलीले जिल्ला अदा’लत दाङमा मु’द्दा दर्ता गरिएको हो ।

दाङ जिल्ला अदालतका श्रेस्ते’दार धनसिंह गिरीले दाङ जिल्ला दंगीशरण गाउँपालिका–६ लेटारका अमरबहादुर वलीले नावालक छोराहरुको तर्फबाट निवेदन दर्ता गरेको जानकारी दिए ।
श्रेष्तेदार गिरीका अनुसार भदौ ३ गते पेश भएको उक्त मुद्दाको दर्ता नं ०७३-०७८-००३६२ रहेको छ ।

निवेदकले विपक्षी विमलाकुमारी खत्री वलीबाट नावा’लक छोराहरुको सम्पत्तिको हिना’मिना हुने अवस्था आएकोले उक्त सम्पत्तिको संरक्षण र नावालकहरुको अधिकारको संरक्षण गर्नु अभिभावकको दायित्व भएको उल्लेख गरेका छन् ।

निवेदक अमरबहादुर विमलाका श्रीमान स्वर्गीय उत्तरकुमार वलीका साहिँला दाजु हुन् ।निवेदक वलीले पछिल्लो विकसित घट’नाहरुले आफूलाई विमला वलीबाट उत्तरकुमार वलीका नावालक छोराहरुको सम्पत्तिको असुरक्षा देखिएकोले सम्पत्तिको संरक्षणका लागि अ’दालत पुगेको बताएका छन् ।

‘विमला सम्पर्कमा आएको भए त्यो अवस्था हुँदैनथ्यो होला, तर उनी ४ महिनादेखि हाम्रो सम्पर्कमा छैनन्, त्यसैले अदालत पुग्नुपर्ने बाध्यता आयो,’ उनले भने ।उनले थपे, ‘अरु धेरै कुरा हामीलाई भन्दा तपाईहरुलाई नै थाहा छ । पछिल्लोपटक सामाजिक सञ्जालमा भाइरल भएको घटनाले हामीलाई सशंकित बनायो ।

त्यसैले निवेदन पेश गरेको हुँ ।’नेकपा एमालेको तर्फबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट निर्वाचित उत्तरकुमार ओलीको दुर्घ’ट’नामा निधन भएपछि २०७६ सालमा सम्पन्न उपनिर्वाचनमा तत्कालीन नेकपाको तर्फबाट विमला निर्वाचित भएकी थिइन् ।

केही दिनअघि एक वाइसीएल कार्यकर्ताले आफ्नो फेसबुकमा विमलासँगको रोमा’न्टिक तस्वीर सार्वजनिक गरेका थिए । वि’वादमा आएपछि उनीहरु दुवैले त्यो तस्वीर ‘एडिटेड’ भन्दै ढाकछोपको प्रयास गरिरहेका छन् ।

२०७८ भाद्र ८, मंगलवार २१:३४ गते 1 Minute 336 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार