२०७८ कार्तिक १ सोमबार

कतार सबैभन्दा धेरै खोप लगाउने देशको सूचीमा दोश्रो नम्वरमा !

काठमाडौँ : कतारमा कुल जनसंख्याको ८० प्रतिशतभन्दा धेरैले कोरो’ना वि’रुद्ध पहिलो डोज खोप लगाएका छन् ।
८० प्रतिशतमा खोप दिएसंगै कतार विश्वमै सबैभन्दा

बढी पहिलो डोज खोप वितरण गर्ने मुलुक अन्तर्गत विश्वकै दोस्रो नम्बरमा परेको छ साथै दुबै डो’ज खोप वितरण गर्ने देशको सूचीमा पाँचौ नम्बरमा रहेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार कुल जनसंख्याको ८०.१ प्रतिशतले कम्तीमा पहिलो डोज खोप प्राप्त गरेका छन् भने ६९.९ प्रतिशतले खोपको दुबै डोज प्राप्त गरिसकेका छन् ।

कतारमा अहिलेसम्म ४२ लाख ६८ हजार २५५ डोज खोप वितरण गरिसकेको मन्त्रालयले जनाएको छ । कतारमा खोप अभियान तीब्र पारिएसँगै संक्र’मण हुनेको संख्यामा पनि कमी आएको छ ।

कतारमा पछिल्लो २४ घण्टामा २८९ जनामा नयाँ सं’क्रमण भेटिएको छ । कतारमा पछिल्लो एक महिनायता मृ’त्युदर समेत शुन्य रहेको छ ।

२०७८ भाद्र ८, मंगलवार २३:१९ गते 1 Minute 354 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार