शनिबार , जेठ २९, २०७८

ओली सरकारमा जान तयार भयो बिप्लव समूह, पाउने भयो यी मन्त्रालय !

फागुण २३, २०७७ आइतबार 126

काठमान्डौ : नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह सरकारमा जाने भएको छ । आजै शान्ति सम्झौता गरेर शान्तिपूर्ण राजनीतिक मूलधारमा आएको विप्लव समूह सरकारमा जाने भएको हो ।

नेकपाको विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले ऋषि धमलासँग आज साँझ प्रसारण हुने प्राइम टाइम्स टेलिभिजनको अन्तवार्तामा सरकारमा जाने सम्भावना बलियो रहेको बताएका हुन् । सरकारमा जाने सम्भावना छ रु भन्ने प्रश्नमा उनले भने,‘सम्भावना छ ।’

सरकारमा जानेबारे विप्लव समूहको प्रधानमन्त्री ओलीका विश्वासपात्रहरुसँग कुराकानी भएको बुझिएको छ । आज ओलीले पनि विप्लवसँग सरकारमा आउन प्रस्ताव गरेको विश्वस्त स्रोतले बताएको छ ।

सरकारमा विप्लव समूह गएमा प्रकाण्ड र धर्मेन्द्र बास्तोला जाने निश्चितप्रायः भएको बुझिएको छ । विप्लव भने सरकारमा जाने या नजाने निश्चित नभएको विश्वस्त स्रोतले बताएको छ ।

बामदेवलाई भेट्न भैंसेपाटीमा ओली !

प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका नेता बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटीमा पुगेका छन् । शुक्रबार साँझ प्रधानमन्त्री ओली भैंसेपाटी पुगेका र बामदेवसँग छलफल भइरहेको बामदेव निकट एक नेताले जानकारी दिए ।

नेकपा दुई समूहमा विभाजित भएका बेला बामदेव गौतमले आफू दुबै समूहमा नलाग्ने भनी पार्टी एकता अभियान घोषणा गरेका छन् । फागुन २३ गते संसद अधिवेशन बोलाइसकेको अवस्थामा नेकपाको ओली समूह र प्रचण्ड– माधव समूह आफ्नो पक्षमा सांसदको बहुमत पु¥याउन क्रियाशील छन् ।

त्यसै विषयमा छलफल गर्न प्रधानमन्त्रीले उनलाई भेटेको अनुमान गरिएको छ । यसअघि नेकपा विवाद उत्कर्षमा पुगेका बेला गत साउनमा पनि ओली बामदेवलाई भेट्न उनको निवासमा पुगेका थिए ।

यो समुहले पाउदै छ नेकपाको आधिकारिकता

निर्वाचन आयोगमाथि नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकतबारे छिट्टै निर्णय दिन दबाब बढिरहेको छ । आयोगमा नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहले बहुमत केन्द्रीय सदस्य र सांसद सदस्य आफ्नो पक्षमा रहेको हस्ताक्षरसहितको दाबी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केन्द्रीय सदस्यहरु थपेको निर्णयसहित अद्यावधिक गर्न पत्र लेखेका छन् । आयोगमा ओली समूहले पनि वैधानिकता आफूहरुलाई दिन दबाब बढाइरहेको छ ।

नेकपा एकताको पक्षमा रहेका उपाध्यक्ष वामदेव गौतम पनि दबाब सृजना गरिरहेका छन् । उनले निर्वाचन आयोगमा सम्पर्क गरी नेकपा फुट हुन नदिने गरी निर्णयका लागि दबाब दिएको बुझिएको छ ।

आयोगलाई नेकपा वैधानिकताबारे निर्णय लिन पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले प्रेस विज्ञप्ति जारी गरी आग्रह गरेका छन् । यसरी आयोग चौतर्फी दबाबमा छ ।

आयोगमा पुग्ने दलका नेताहरुलाई राजनीतिक दलसम्बन्धी ऐन अनुसार निर्णय गर्ने जवाफ मिल्ने गरेको छ । तर, कहिलेसम्ममा निर्णय आउने हो यकिन छैन । विश्वस्त स्रोतका अनुसार आयोगले आगामी हप्ता नै निर्णय लिने तयारी गरेको छ ।

आयोगले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई नेकपा बनेपछिको अवस्थालाई हेरेर वैधानिकता दिएमा दाहाल नेपाल समूहले पाउन सक्छ । उक्त समूहको दाबी अनुसार केन्द्रीय समिति र संसदीय दलमा बहुमत सदस्य रहेका छन् ।

नेकपामा ओली समूहले केन्द्रीय सदस्य थप गरेर निर्णय लिएपछिको अवस्थालाई आधार बनाएर निर्णय लिने हो भने उक्त समूहले वैधानिकता पाउनसक्छ । नेकपामा अध्यक्ष र संसदीय दल कानुन अनुसार ओली नै छन् ।

नेकपा फुट्न नसक्ने अवस्था पनि छ । राजनीतिक दलसम्बन्धी ऐनले एकीकरणको पाँच वर्षसम्म दल फुटाउन मिल्दैन । नेकपा एकीकरण भई बनेको साँढे दुई वर्ष मात्र भएको छ ।

यसलाई आधार मान्ने हो भने ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा नै वैधानिक हुन्छ । माधव नेपाल अध्यक्ष बनाउन गरेको निर्णय अवैधानिक ठहर हुन सक्छ ।

यी तीन विकल्पमा नेकपाबारे निर्वाचन आयोगले निर्णय लिन सक्छ । तर, आयोगले ढिलाई गरेर नेकपा नेताहरुलाई अझै पनि सहमति गर्ने समय दिएको छ । नेकपा एकता कायमै राख्न वामदेव गौतम र दोस्रो पुस्ताका केही नेताहरु सक्रिय छन् ।

प्रतिकृया दिनुहोस्