२०७८ आश्विन १३ बुधबार

अमेरिकन सेनालाई अफ्गानस्तिान बाट नहटाए सम्म सरकार नबनाउँने तालिबानको घोषणा ।

काठमाडौं : संयुक्त राज्य अमेरिकाले सेनाको निकास पूरा नगरेसम्म तालि’बानले आफ्नो सरकारको संरचना घोषणा नगर्ने तालिबानले जनाएको छ ।

तालिबान एक नेताले भने, “अफगानिस्तानमा एक जना पनि अमेरिकी सैनिक उपस्थित भएसम्म सरकार र मन्त्री परिषद्को गठनको घोष’णा नगर्ने निर्णय भएको छ ।” यो भनाइलाई पुष्टि गर्न सोधिएको प्रश्नमा अर्का एक नेताले पनि सोही कुरा बताए ।

काबुल विमानस्थल अस्तव्यस्त रहँदा संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्र’हरूले आगामी हप्ताभन्दा बढी अफगानिस्तानमा आफ्नो उपस्थिति विस्तार गरेमा यसबाट आउने ‘परिणाम’को जिम्मे’वार उनीहरूले लिनुपर्ने ता’लिबान समूहले बताएको छ ।

अगस्त ३१ को समय सीमाभन्दा दुई हप्ताअघि सबै फौज देशबाट पूर्णतया हट्न लागेको समय गत साता कट्टर इस्लामवादीहरूले अस्वाभाविक गतिमा अफगान भूगोलमाथि विजयको घोषणा गरेपछि पश्चिमी राष्ट्रहरूलाई यसले स्तब्ध पारेको छ ।

विदेशी र अफगानीहरूको हवाई यात्राको व्यवस्थापन भद्रगोल अवस्थामा रहेको र धेरै पश्चिमी राष्ट्र’हरूमाथि तालि’वानले प्रति’शोध लिने भय अमेरिका तथा यूरो’पेली मुलुकहरूले लिएका छन् ।

त्यसैले बहिर्गमन प्रक्रियाको अन्तिम समयमा हजारौं सिपाहीहरू अफगानिस्तानमा फर्किएका छन् । यसले अफगानिस्तानको सैन्य गठबन्धनमा नेतृत्व गरेको अमेरिकालाई ब’हिर्गमन प्रक्रियालाई लम्ब्याउन द’बाव परिरहेको छ । अहिलेसम्म तालिबानले भने अमेरिकी सेनाको ब’हिर्गमन प्रक्रियामा सम्झौ’ता गर्न कुनै इच्छा देखाएका छैनन् ।

तालिबान प्रवक्ता सुहेल शहिनले सोमबार स्काई न्युजसँग भने, “यदि अमेरिका वा बेलायतले उद्धार कार्य जारी राख्न थप समय खोज्ने हो यसमा तालिवान सहमत हुने छैन । अर्थात् यसको ‘परिणाम’ को जिम्मे’वार उनीहरू नै हुनुपर्नेछ ।” -दैनिक न्युज नेपाल

२०७८ भाद्र ८, मंगलवार २३:३४ गते 1 Minute 192 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार