२०७८ आश्विन ४ सोमबार

दुबईले गरेको यस्तो निर्णयले नेपालीलाई दियो राहत !

काठमाडौ : अगस्ट दुबई नागरिक उड्डयन प्राधिकरणले पीसी’आर परी’क्षण गरेको रिपोर्टका आधारमा नेपाल वायुसेवा निगमलाई उडान भर्न अनुमति दिएको छ ।

निगम स्रोतका अनुसार दुबई प्राधिकरणले हिजो राति पौने १२ बजे निगमलाई नेपालमै पी’सीआर परीक्ष’ण गरेको रिपोर्टका आधारमा उडान अनुमति दिएको हो । अब निगमले सोमबार र

बुधबार गरी साताको दुईवटा उडान भर्न पाउने भएको छ ।
यसअघि निगमका यात्रुलाई पीसीआर परी’क्षण गरे पनि दुबई प्राधिकरणले मान्यता दिएको थिएन । गत साउन २५ गते

राति बोर्डिङ गर्न लागेको बेला दुबईले यात्रु लिएर आउन निगमको जहाजलाई रोक लगाएको थियो । दुबईले काठमाडौं मेडिकल कलेजबाट गरिएको पी’सीआर परीक्ष’णलाई मान्यता दिएको थिएन ।

दुबईले रोक लगाउँदा निगमका ६० यात्रु अलपत्र परेका थिएन । निगमको न्यारोबडी जहाज (एके’एक्स, उडान नम्बर आर ए २९९) लाई उडाएर क्याप्टेन सञ्जय वैद्य रित्तै गए र आज बिहान एक सय ४० यात्रु लिएर फर्केका थिए ।

तर निजी क्षेत्रको हिमालयन एयरलाइन्सलाई भने सोही कलेजले विमानस्थलमै स्थापना गरेको ‘हेल्थ डेस्क’ बाट गरिएको पी’सीआर परी’क्षणलाई मान्यता दिएको थियो । निगम स्रोतका अनुसार सोमबार राति साढे एघार बजे र बुधबार सोही समयमा साताको दुईपटक निगमले दुबईका लागि उडान भर्ने तयारी गरेको छ ।

२०७८ भाद्र ९, बुधबार ०७:१० गते 1 Minute 260 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार