२०७८ आश्विन १३ बुधबार

डेड करोड लगानीमा हास्य कलाकार दिनेश काफ्लेले खोले बर्गर हाउस !

काठमाडौ : द वर्गर हाउस एण्ड क्रञ्चि फ्राईड चिकन’ को आउटलेट सिन्धुलीमा सञ्चालनमा आएको छ । हास्यव्यंग्य कलाकार दिनेश काफ्ले आउटलेट सिन्धुलीमा भि’त्र्याएका हुन ।

‘द वर्गर हाउस एण्ड क्रञ्चि फ्राईड चिकन’को सुरुवात एक वर्ष अघिदेखि सुरु भएको भए पनि को’रोनाको कारण भर्खरै सञ्चालनमा आएको हो । युवा पुस्तामा एकदमै लोकप्रिय रहेको ‘द वर्गर हाउस एण्ड क्रञ्चि फ्राईड चिकन’ एउटा राष्ट्रिय ब्रान्ड हो ।

काफ्लेले १२ लाख रुपैयाँमा आउटलेट किनेर सिन्धुलीमा भि’त्र्याएका हुन । सिन्धुलीको कमलामाई नगरपालिका ६ रातमाटामा उक्त हाउस सञ्चालनमा छ । ‘हाम्रो लक्षित वर्ग युवा हुन्’, उनले भने, ब्राण्ड कन्सियस र गुणस्तरिय सेवा प्रदान गर्न पनि खोलेका हौं ।’

यती ठूलो लगानीको यो किसिमको सुविधा सम्पन्न र पारिवारिक जमघट गर्न सकिने सिन्धुलीको पहिलो फा’ष्टफुड हो । वर्गर हाउसमा क्रञ्चि वर्गर, कफी, फाष्टफुडसहित अर्डर अनुसारका परिकार पाईनेछ ।

एकपटकमा १२५ जनासम्मलाई सेवा दिने यस हाउसमा आकर्षक इ’न्टेरियर, सभाहल एवम् रेष्टुरेण्ट एण्ड बार रहेको छ । डेढ करोड रुपैयाँको लगानीमा निर्माण सम्पन्न उक्त हाउसमा हाल २० जनाले प्रत्यक्ष रोजगारी पाएको सञ्चालक काफ्लेले बताए ।

काफ्लेले टिपिकल नेपाली खाना पाईने आफ्नै ‘नामको मधुवन नेपाली चुलो’ पनि सञ्चालन गरेका छन् । ‘द वर्गर हाउस एण्ट क्र’ञ्चि फ्राईड चिकन’ मा फा’ष्टफुडका आ’ईटम पाईन्छ । यस्तै नेपाली चुलोमा टि’पिकल नेपाली खानाका परिकारहरु पाईने उनले जानकारी दिए ।

विषेशगरि सिन्धुलीमा उत्पादित कृषि उपजहरुलाई प्राथमिकतामा राखिएको उनले बताए । मार्सी चामलको भात, ढिंडो, लोकल कुखुराको मासु लगायत सिन्धुलीमा उत्पादित स्थानीयस्तरका उत्पादनलाई चुलोमा पकाईने र ग्राहकलाई लोकल परिकारको स्वाद चखाउने उदेश्यले नेपाली चुलो पनि सञ्चालनमा ल्याएको काफ्लेले बताए ।

एक हप्तादेखि सञ्चालनमा आएको बर्गर हाउसको विधिवत् रुपमा भने नेपालीहरुको पर्व तीजको अवसरमा गरिने सञ्चालक काफ्लेले जानकारी दिए । महिलाहरुको विशेष पर्व तीजको अवसर पारेर उट्घाटनको तयारी गरेका छौं’, उनले भने ‘उद्घाटन नगर्दै पनि ग्राहकको चाप बढिरहेको छ ।उद्घाटन पश्चात अझ बढ्ने विश्वास छ ।’

युवा पुस्तादेखि पाका पुस्तासम्मका लागि उनीहरुको रोजाईका परिकार पाईने भएकाले पनि ग्राहकको आकर्षण बढ्ने अनुमान काफ्लेको छ । २०६८ सालदेखि कलाकारितामा लागेका सिन्धुली भिमानका काफ्ने हास्यव्यंग्य विधामार्फत परिचित भएका छन् ।

छोटो समयमा आफुलाई कलाकारितामा स्थापित गरेका उनले कलाकारिता मात्र गरेर आफ्नो भविष्य नरहेको बुझे । कलाकारितासँगै केही गर्नुपर्छ भनेर उनले केही बर्षअघिदेखि सिन्धुलीको भिमानमा आफनै जग्गामा कलाकार कृषि तथा पशुपंक्षी फार्म सञ्चालनमा ल्याए ।

डेढ लाख लगानीमा स्थापना गरेको फार्ममा उनले अहिले ५ लाख रुपैयाँ पुर्याई सकेका छन् । अहिले कमलामाई नगरपालिकाको कृषि टनेल सहयोगबाट ५ लाख रुपैयाँ अनुदान लिएर उनले खेती गरिरहेका छन् । अहिले फर्म टमाटर, सागसब्जीलगायत छ ।लोकल कुखुरा पनि रहेको उनले जानकारी दिए ।

व्यवसाय नै गर्ने भएपछि व्यवसायिक रुपमा गर्नुपर्छ भन्ने सोच आएर उनले बर्गर हाउस भि’त्र्याएका हुन । ‘कलाकारिता भनेको क्षणिक हो, आफुले गर्न सक्दा मात्र हुन्छ, यसको कुनै भविष्य छैन’, उनले भने, ‘राज्यले पनि कलाकारितालाई उपेक्षा गरेको छ ।

पैसा कमाउन सकिन्छ तर दि’र्घकालिन हुँदैन, कमाएका बेलामा बचायो भने भयो नत्र सकियो, कलाकारिताबाट मात्रै बाँच्न गाह्रो छ ।’ आम्दानीको नियमित आधार बनाउनको लागि केहि न केहि गर्नुपर्छ भन्ने लागेर व्यवसायमा लागेको उनको भनाई छ ।

२०७८ भाद्र ९, बुधबार २०:१९ गते 0 Minutes 225 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार