२०७८ आश्विन १३ बुधबार

अफगानी मन्त्री जर्मनीमा पिज्जा डेलिभरी बोयको काम गर्दै ।

काठमाडौं : अफगानिस्तानका पूर्व सूचना मन्त्री सैयद अहमद शाह सआदत जर्मनीमा पिज्जा बेचिरहेका छन् । पिज्जा कम्पनीको लुगा लगाएकमा उनी जर्मन शहर लिपजिगमा

साइकलमा यात्रा गर्दै पिज्जा डेलिभरी गरिरहेका छन् । उनले सूचना मन्त्रीको रुपमा आफ्नो कार्यकालमा अफगानिस्तानमा सेल फोन नेटवर्कलाई बिस्तार गरेका थिए । पछि उनी अफगानिस्तान छोडेर जर्मनी आएका थिए ।

अलजजीरालाई उद्धृत गर्दै सआदतले दिएको जानकारी अनुसार उनले अघिल्लो वर्ष मात्रै सूचनामन्त्रीको पदबाट राजीनामा दिएका थिए । उनका र राष्ट्रपति अशरफ गनीबीच थुप्रै विषयमा मतभेद थिए ।

राजीनामा दिएर उनी केही समय देशमा नै बसे र डिसेम्बरमा जर्मनी गए । सुरुमा सबैकुरा राम्रै रह्यो तर पैसाको कमी हुन थालेपछि उनले पिज्जा डेलिभरी बोय बन्ने निश्चित गरे । डेलिभरीको काम गर्नमा आफूलाई कुनै किसिमको लज्जा र संकोच नभएको बताएका छन् ।

२०७८ भाद्र १०, बिहीबार ०९:४७ गते 0 Minutes 218 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार