२०७८ आश्विन ४ सोमबार

जयसिंह धामीको परिवारलाई १० लाख दिने सरकारको घोषणा !

काठमाडौं : भारतीय सीमा सुरक्षा बल एसएसबी ले तुइन का’ट्दा महाकालीमा बेप’त्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ।

बालुवाटारमा बिहिबार बसेको मन्त्रिपरिषद बैठकले धामीका परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानू मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन का’टिदिँदा धामी वेपत्ता भएका थिए। उनी अझै फेला परेका छैनन्। तुइनबाट धामी महाकालीमा खसे’को घट’नाको छा’नबिन प्रतिवेदन बनिसकेको छैन स् गृहमन्त्री

महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन खुस्का’उँदा दा’र्चुलाका जयसिंह धामी महाकालीमा खसेर बे’पत्ता भएको घट’नाको छान’बिन गर्न गठित समितिले

प्रतिवेदन तयार पारिनसकेको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा गृहमन्त्री खाँणले छानबिन समितिमा रहेका सदस्यहरूको पारिवारिक कारणले प्रतिवेदन तयार हुन नसकेको बताएका हुन् ।

छानबिन समितिमा समावेश रहनुभएको दार्चुलाको सहायक सीडीओ ज्योत्सना भट्ट नातेदार बिरामी भएकाले दिल्ली जानुभएको रहेछ । दिल्लीबाट इमेल पठाउनुभएको छ, दुईचार दिन लाग्छ भनेर ।

डीआईजी हुतराज थापाको परिवारका आफन्त बितेका कारण उहाँ आफ्नो स्थानतिर गएका कारणले उपलब्ध हुन नसकेकाले अन्तिम रिपोर्ट बनाउनुभएको छैन, गृहमन्त्री खाँणले भने ।

समितिको म्याद बुधबार केही दिनका लागि थप गरेको पनि उनले जानकारी दिए । उहाँहरूले सत्यतथ्यका आधारमा रिपोर्ट बुझाउनुहुनेछ भन्ने विश्वास छ, उनले भने ।

भारतको बाटो भएर सदरमुकाम ख’लंगा आउँने क्रममा तुइनमार्फत महाकाली तर्दा धामी साउन १५ गत महाकालीमा ख’सेर बेप’त्ता भएका थिए ।

उक्त घट’नाको छान’बिनका लागि सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा साउन १७ गते ५ सदस्यीय समिति गठन गरिएको थियो । उक्त समितिको तीन पटक म्याद थप गरिसकिएको छ

घट’नाको छानबिन गर्नक लागि गठित समितिले नेपाल र भारततर्फका घ’टनास्थलको अवलोकन गरेको थियो भने दुवैतर्फका स्थानीयबाट जानकारी लिएको थियो ।

गृहमन्त्री खाँणले महाकाली नदीमा रहेका तुइन हटाउने र झो’लुंगे पुल निर्माणलाई ती’व्रता दिनका लागि पनि निर्देशन दिइएको बताएका छन् ।-दैनिक न्युज नेपाल

२०७८ भाद्र १०, बिहीबार २२:४६ गते 1 Minute 212 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार