२०७८ कार्तिक १ सोमबार

माधब नेपाल भन्नुहुन्छ : हाम्रो पार्टीमा नआए अष्टलक्ष्मी शाक्य र भिम आचार्यको मुख्यमन्त्री पद खुस्किन्छ।

काठमाडौँ : नेकपा ९एमाले० विभाजन भएर गठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १

का मुख्यमन्त्री भीम आचार्यलाई अहिलेको अवस्थामा समर्थन गर्न नसकिने सन्देश दिएका छन् । पार्टीले निर्वाचन आयोगबाट प्रमाणपत्र प्राप्त गरेको भोलिपल्ट बिहीबार अध्यक्ष नेपाले सञ्चारकर्मीले प्रदेश १ र वागमती प्रदेशको मुख्यमन्त्री

आचार्य र शाक्यलाई समर्थन गर्नुहुन्छ रु भन्ने प्रश्नको जवाफमा उनीहरू पार्टीमा आए सहकार्य हुने नत्र सम्भावना नरहेको जवाफ दिए । यो पार्टीमा रहेमा ठीक छ । वि’रोधी पार्टीमा रहेसम्म सहकार्य सम्भव छैन । श’त्रुतापूर्ण ढंगले चल्नेसँग एकता र सह’कार्य सम्भव छैन । सहकार्यको बाटोमा आउँछन् भने हामी सहकार्य गर्न प्रतिबद्ध छौं, अध्यक्ष नेपालले भने ।

मुख्यमन्त्री आचार्य र शाक्यले विश्वासको मत लिनुपर्छ ?

एमालेभित्रको वि’वादमा लामो समयदेखि नेपालको पक्षमा रहेका शाक्य र आचार्य हाल ओलीको पक्षमा लागेका छन् । शाक्यले केही दिन पहिले वाग्मती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी पाएकी थिइन् भने आचार्यले बिहीबार मात्रै शपथ लिएका थिए ।

यी दुवै प्रदेशमा एमालेको एकल सरकार छ । तर, एमालेबाट केही प्रदेशसभा सदस्यहरू मात्रै एकीकृत समाजवादीतिर लाग्दा दुवै प्रदेशका सरकार अल्पमतमा पर्ने निश्चित छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने आफ्नो पार्टीमा आउनका लागि दुवैलाई भनेका छन् ।

उनले ओलीले विगतमा चालेका कदमको समर्थन गर्दै एमालेमा रहेकासँग सहकार्य सम्भव नभएको बताएका हुन् । ुप्रतिगमनको पक्षमा लाग्नेसँग सहकार्यको सम्भावना छैन, उनले भने ।

कम्युनिस्ट आन्दो’लनले स्थापित गरेका दृढ अडान र मान्यतामा अडिइरहन्छौं ।

एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीमा आएमा आफूहरूले सहकार्य गरेर जाने र एकताका लागि सधैं पार्टीको ढोका खुला राख्ने अध्यक्ष नेपालको भनाइ थियो ।

नयाँ पार्टीमा रहेका नेता र कार्यकर्तालाई व्यवस्था गर्नुपर्ने भएको र उनीहरूको विभिन्न निकायमा सहभागिता सुनिश्चित गर्नुपर्ने भएकाले पनि शाक्य र आचार्यको सरकारलाई अहिलेको अवस्थामा समर्थन गर्न नसकिने नेपालको भनाइ थियो ।

राजनीतिक दलसम्बन्धी अध्यादेशको व्यवस्थाअनुसार कुनै पार्टी विभाजित भएर गठन भएको नयाँ दलमा विभाजित पार्टीबाट स्थानीय तह र प्रदेश सभाका जनप्रतिनिधिले २१ दिनभित्र प्रवेश गर्न पाउने व्यवस्था छ । त्यो अवधिमा नयाँ दल रोजेमा उनीहरूलाई राजनीतिक दल त्यागसम्बन्धी व्यवस्थाअनुसार कारबाही हुने छैन । -दैनिक न्युज नेपाल

२०७८ भाद्र १०, बिहीबार २३:४७ गते 1 Minute 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार