२०७८ आश्विन ५ मंगलवार

नेपाललाई हिन्दुराष्ट्र बनाउन पूर्व सुरक्षाकर्मी परिषद्को माग, प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र ।(विज्ञप्ती सहित)

काठमाडौं : नेपाललाई हिन्दुराष्ट्र कायम गर्न माग गर्दै पूर्व सुरक्षाकर्मी परिषद् नेपालले प्रधानमन्त्री शेरबहादर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

आज सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पुर्व सुरक्षाकर्मी परिषद् नेपालले सम्पुर्ण सुरक्षाकर्मीको हकहित र जनजीविकाको लागि १९ बुँदे माग प्रधानमन्त्रीसमक्ष बुझाएको पनि जानकारी दिएको हो ।

सशस्त्र प्रहरीका पूर्व एआइजी तथा पुर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार डा. ठाकुरमोहन श्रेष्ठले सुरक्षाकर्मीहरुको अवस्था र समस्याको बारेमा प्रधानमन्त्री देउवालाई आफूहरुले जानकारी दिएकोे बताए । उनले प्रधानमन्त्रीले आफूहरुको मागको सम्बोधन नगरे जनतासामु जाने स्पष्ट पारे ।

श्रेष्ठले भने,‘देशमा सनातन हिन्दुराष्ट्र कायम गरिदेउ गोली र बारुद होइन् भनेका छौ ।’ श्रेष्ठले ब’न्दुक बोकेर नभई आदर्श बोकेर अगाडि बढ्न लागेको जिकिर गरे । अरु राजनीतिक पार्टीले जस्तो वि’ध्वंश नगरी शान्तिपूर्वक राष्ट्रहितको लागि आफूहरु अगाडि बढेको बताए ।

उनले सिमामा रक्षा गर्ने सि’पाहीको क्षमता कम नजरअ’न्दाज गर्न नुहुने तर्क गरे । उनले भने,‘राज्यको व्यवस्थालाई छातिमा झु्न्डा’एर सुरक्षा दिने र देशको रक्षा गर्ने सुरक्षाकर्मी हुन् । हामीले पार्टी खोलेर दर्ता गरेर विदेशीको भत्ता खाएर पार्टी खोेलेका छैनौं । हाम्रो माग नीतिगत हो ।’

कार्यक्रममा पूर्वसुरक्षाकर्मी परिषद् नेपालको उपाध्यक्ष पुष्पाखर गौतमले स्वागत गर्दै सुरक्षाकर्मीहरुको पुर्व सुरक्षाकर्मीहरुका हकहितमा काम गरिरहेको बताए । उनले सरकारलाई माग पुरा गर्न झ’क्झकाउन सबैलाई आग्रह समेत गरे । उनले राष्ट्रिय हित’बिपरित केही कार्य नगर्न आफुहरुले प्रधानमन्त्रीलाई आग्रह गरेको सुनाए ।

पूर्वसुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय अध्यक्ष केवी राउतले पुर्व सुरक्षाकर्मीको हकहितको पक्षमा प्रधानमन्त्रीसमक्ष राखिएको मागबारे जानकारी दिए । उनले प्रधानमन्त्रीसमक्ष पेश गरेका १९ बुँदे मागहरु पढेर सुनाएका थिए । राउतले आफुहरु कुनैपनि पार्टीको समर्थन’बिना अगाडि बढिरहेको बताए ।

उनले आफूहरु चितामा नपुगेसम्म सुरक्षाकर्मी भएको भन्दै माग सुनुवाई हुनेमा आशावादी रहेको बताए । अहिले गरिरहेका कामहरु फेरी पछि पत्रका’रमाझ सार्वजनिक गर्ने बताए ।

कार्यक्रममा बोल्दै द्ध’न्द्ध पी’डित तथा एकल महिलाको तर्फबाट प्रतिनिधित्व गर्दै हिरा’मणी अधिकारीले आफुहरु पुर्व सुरक्षा परिषद्मा पनि फरक क्षमता भएको मध्येमा पर्ने बताए । उनले भने,‘राज्य सत्ताले ख’टाएको स्थानमा जाँदा घाइ’ते भएका हौं । हामी पीडक होईनौं, पी’डित हो ।

हामीले लडेर शेरबहादुर देउवा प्रधानमन्त्री हुन पाएका छन् ।’ उनले द्ध’न्द्ध पी’डितलाई आवासको व्यवस्था गर्न पनि सरकारसमक्ष माग गरे । नेपाल भूपू सैनिक संघका केन्द्रीय सदस्य तथा पुर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार ईन्द्रबहादुर दाहालले द्व|न्द्वमा घा’इते भएका सुरक्षाकर्मीहरुको अवस्था अहिले पनि त्यस्तै भएको बताए ।

पी’डित पूर्व सुरक्षाकर्मीहरुको हकहितको लागि आज ज्ञापनपत्र बुझाएको बताए । प्रधानमन्त्रीसमक्ष एमसीसीलाई तत्काल कार्यान्व’यन नगर्न पनि आफूहरुले आग्रह गरेको उनले बताए । अहिलेका सुरक्षाकर्मीहरुलाई आफूहरुजस्तो बेवारिशे अवस्थामा नपुग्नलाई अहिलेदेखिनै सोच्न आग्रह गरे ।

पूर्व डिआइजी तथा पुर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार सुर्यप्रसाद उपाध्यायले ३० वर्ष नेपाल प्रहरीमा बिताएको स्मरण गराउँदै प्रहरी संगठित भनिएको भनिएपनि वास्तवमा संगठित भएको नपाइएको गु’नासो पोखे ।

उनले पूर्व प्रहरीको ३ वटा संगठन भएपनि सबै राजनीतिमा लिप्त भएकोले आफू पूर्व सुरक्षाकर्मी परिषद् नेपालमा लागेको बताए । उनले ८ प्रतिशत प्रहरी अनु’सन्धानमा खटिएको भन्दै अरु सबै गृह मन्त्रालयको ‘ल एण्ड अर्डर’ मा हिँडेको बताए ।
अनुस’न्धान राम्रो गरेमात्र देशले न्याय पाउने उनको भनाई थियो । नेपाल प्रहरीका सकल द’र्जाका कर्मचारीहरु धेरै हे’पिएको र चे’पिएको पनि उनको भनाई थियो । प्रह’री सेवामा कर्मचारीहरुको पछिल्लो समयमा झन् सेवा/सुविधाहरु हट्दै गएको पनि बताए । उनले पेन्सनबाट बञ्चित बनाउने कार्य अगाडि बढाएकोमा चि’न्ता व्यक्त गरे ।-रिपोर्टस नेपाल

२०७८ भाद्र ११, शुक्रबार ०३:१० गते 1 Minute 155 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार