२०७८ आश्विन २ शनिबार

एक नेपालीको थाप्लोमा साढे ५७ हजार रुपैयाँ ऋ’ण !

काठमाडौ : मुलुकको सार्वजनिक ऋण बढेर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो बन्न पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा यस्तो

सार्वजनिक ऋ’ण बढेर १७ खर्ब २८ अर्ब २५ करोड पुगेको हो । जबकि हालको मुलुकको बजेटको आकार जम्मा साढे १४ खर्ब बराबरको मात्र हो ।बैङ्कका अनुसार पछिल्लो तीन

वर्षमा मुलुकको सार्वजनिक ऋण झण्डै ६५ प्रतिशतले नै वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा मुलुकको सार्वजनिक ऋ’ण जम्मा १० खर्ब ४७ अर्ब ५८ करोड मात्र रहेकोमा त्यसको ठिक तीन वर्षपछि आर्थिक वर्ष २०७७/७८

मा ऋ’ण बढेर १७ खर्ब २८ अर्ब २५ करोड पुगेको बैङ्कले जनाएको छ । जुन राष्ट्रिय आय (कुल गार्हस्थ्य उत्पादन) को अधिकतम ४०.५ प्रतिशत हो ।

जसमध्ये, २१.८ प्रतिशत अर्थात् ९ खर्ब २७ अर्ब ९३ करोड बाह्य अर्थात् वैदेशिक ऋ’ण रहेको र बाँकी १८.८ प्रतिशत अर्थात् ८ खर्ब ३२ करोड आन्तरिक ऋण रहेको बैङ्कले जनाएको छ । सार्वजनिक ऋ’णको भार र कुल नेपालीहरूको

सङ्ख्यालाई तुलना गरेर हेर्ने हो भने एक नेपालीको भागमा साढे ५७ हजार रुपैयाँ पर्ने देखिन्छ । कुल १७ खर्ब २८ अर्ब २५ करोडलाई तीन करोड नेपालीको सङ्ख्या मानेर भाग गर्दा एक नेपालीको भागमा ५७ हजार ६०८ रुपैयाँ पर्ने देखिन्छ । यद्यपि आधार जनसङ्ख्या भने तलमाथि हुन सक्छ ।

२०७८ भाद्र ११, शुक्रबार १७:१९ गते 1 Minute 122 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार