२०७८ आश्विन १ शुक्रबार

म्यानचेस्टर युनाइटेड फर्किए रोनाल्डो !

एजेन्सी : पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्नका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब युभेन्टसबीच सहमति भएको छ ।

म्यानचेस्टर युनाइटेडले आफ्नो वेबसाइटमार्फत दुई क्लबबीच पूर्व खेलाडी रोनाल्डोको ट्रान्सफरलाई लिएर सहमति भएको जनाएको छ । अब रोनाल्डोसँग व्यक्तिगत सम्झौता, स्वास्थ्य परिक्षण र भिसा प्रक्रियापछि रोनाल्डो औपचारिक रुपमा युनाइटेडमा अनुबन्धित हुनेछन् ।

रोनाल्डो र युनाइटेडबीच व्यक्तिगत सहमतिका लागि पनि छलफल भइसकेको बुझिएको छ ।रोनाल्डोले क्लब छाड्ने पक्का भएपछि विहीबार नै एजेन्ट जोर्गे मेन्डेसले युनाइटेडसँग सम्झौताबारे प्रारम्भिक छलफल सुरु गरिसकेका थिए ।

म्यानचेस्टर सिटीले रोनाल्डोसँग व्यक्तिगत सम्झौतामा नै सहमति गर्न नसकेपछि रोनाल्डोको सिटी जाने सम्भावना सकिएको थियो । रोनाल्डोले युभेन्टसलाई आफू क्लब छाड्ने जानकारी दिएसँगै युनाइटेडले यसबारे चासो दिएको थियो ।

सिटीसँग सहमति हुन नसकेसँगै एजेन्ट मेन्डेस र युनाइटेड प्रतिनिधिबीच छलफल भइरहेको बेलायतका संचार माध्यमले जनाएका छन् । रोनाल्डोको तलबलाई लिएर सिटीमा ठूलो समस्या रहेको थियो ।

दुई वर्षको अनुबन्धनका लागि ट्रान्सफर रकम खर्चेर सिटीले रोनाल्डोको तलब दिन असमर्थता जनाएको थियो ।यता युनाइटेड फर्कन भने रोनाल्डो आफैंले पनि केहि लचकता देखाएको बुझिएको छ ।

युनाइटेड आफैं पनि आफ्नो पूर्व खेलाडी फर्काउन उत्साहित रहेकाले ट्रान्सफर सम्पन्न हुनेमा दुवै पक्ष सकारात्मक रहेको बुझिएको छ । युभेन्टसले भने रोनाल्डोको लागि ३० मिलियन युरो माग गर्दै आएको छ । युनाइटेड यसबारे जानकार भएर नै रोनाल्डोसँग छलफलमा जुटेको हो ।

यसअघि शुक्रबार नै युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्साएरले पनि रोनाल्डोको आगमनबारे संकेत दिएका थिए । ‘ रोनाल्डो यस क्लबका लेजेन्ड हुन् । उनीसँग हामी सम्पर्कमा नै छौं । ब्रुनोले उनीबारे कुरा गरिरहेका छन् र हामी पनि उनको बह्वाना बुझ्छौं ।

उनी यदि युभेन्टस छाड्न चाहन्छन् भने हामी यहाँ छौं भन्ने उनले बुझेका छन्,’ सोल्साएरले भने ।रोनाल्डोले यसअघि म्यानचेस्टर युनाइटेडका लागि खेल्दै २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए । उनी युनाइटेडबाट त्यस समयको विश्व कीर्तिमानी रकममा रियल म्याड्रिड पुगेका थिए ।

२०७८ भाद्र १२, शनिबार ०१:५८ गते 0 Minutes 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार