२०७८ कार्तिक ८ सोमबार

शेरधनको साढे तीन वर्षमा सबैभन्दा चर्चित काम – तीन वटा हेलिकप्टर चार्टर गरी ससुराली यात्रा !

काठमाडौ : जनताले सम्झिरहने केही पनि काम नगरी प्रदेश १ का पहिलो मुख्यमन्त्री शेरधन राई पदबाट बा’हिरिएका छन्। तीन वर्ष पाँच महिना सात दिन प्रदेश सरकारको नेतृत्व गरेका राईले यस अवधिमा व्यक्तिगत जीवनमा भने ठूलै उपलब्धिमूलक काम गरे।

भोजपुरका ४९ वर्षीय राईले मुख्यमन्त्री भएकै बेला सङ्खुवासभा स्थायी घर भए पनि अमेरिकामा हुर्किएकी आधुनिक कन्या २३ वर्षीया जाङ्मु शेर्पासँग भव्य विवाह गरे। राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित काठमाडौंका पदासिन उच्च पदस्थ नेताहरुलाई भव्य पार्टी खुवाए।

शायद् अमेरिकामा हुर्केकी २६ वर्ष कान्छी जाङ्मुले महसुस गरिहोलिन्– मैले कति ठूलो मान्छेसँग बिहे गरेँ भनेर। विवाहको केही समयपछि नै शेरधन राईको शक्ति सामाजिक सञ्जालमा देखियो। ससुरालीका कोही पनि नबस्ने संखुवासभाको ससुराली गाउँमा उनी तीन वटा हेलिकप्टर चार्टर गरेर पुगे– सपत्नी।

नवविवाहिता दुलही जाङमु शेर्पालाई साथमा लिएर मुख्यमन्त्री राई श्रीमतीको जन्मथलो संखुवासभाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेका थिए, जहाँ मुख्यमन्त्री राईको भव्य स्वागत गरिएको थियो।

उक्त भव्यताको तस्बिर शेरधन स्वयमले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए। त्यसपछि उनको ‘चर्चा’ घर–घर र जनजनमा चुलिएको थियो। सामाजिक सञ्जालमा यसबारे बहस भएको थियो। मुख्यमन्त्रीका रुपमा उनी प’दासीन भएपछिका साढे तीन वर्षमा उनको सबैभन्दा ‘चर्चा’ भएको काम यही थियो।

जो उनको निजी जीवनमा सबैभन्दा प्रभाव राख्ने तर जनताको जीवनमा कुनै सरोकार नराख्ने र अनुकरण गर्न नहुने काम थियो। २०७४ फागुन ३ मा मुख्यमन्त्री चुनिएका थिए– राई। एमालेका केन्द्रीय सचिव भीम आचार्यलाई संसदीय दलभित्रको गो’प्य मतदानमा दुई मतले हराएर उनी मुख्यमन्त्री भएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीका माइती गाउँका जनप्रतिनिधि उनले ‘दिदी’को शक्ति देखाइदिएका थिए– एमाले पूर्वअध्यक्ष झलनाथ खनालका दाजुकी छोरी बिहे गरेका ज्वाइँ भीम आचार्यलाई।
आचार्यलाई समर्थन गर्ने तत्कालीन माधव नेपाल गुटको बहुमत भएको प्रदेशमा दिदीको अदृश्य शक्तिको प’रिणाम देखाइदिएका थिए।

साढे तीन वर्ष लामो कार्यकालमा उनले आफ्नो बिहेबाहेक केही पनि उल्लेखनीय कार्य गरेनन्। बरु प्रदेशसभाभित्र चु’नावमै एमालेका उच्च नेतालाई ह’राएका उनले केपी ओली समूहको प्र’भाव घ’टाए।

अन्तत: पद थे’ग्न नसक्ने बरु पदमा बसिरहे कुर्सीले थि’च्ने अवस्थामा पुगिसकेका थिए, त्यसपछि भदौ ९ गते बुधबार एमाले अध्यक्ष ओलीले बालकोट बोलाए। एमाले सचिव भीम आचार्यलाई श’क्ति हस्तान्तरण गर्न आदेश दिए। अनि त्यसको एक दिनपछि बिहीबारै संसदीय दलको बैठक डा’की ध’राप भइसकेको मुख्यमन्त्रीको कुर्सी भीम आचार्यलाई शा’न्तिपूर्ण हस्तान्तरण गरे।

पछिल्लो समय त मुख्यमन्त्रीको शैली राजाजस्तै भएको थियो। ‘बिहान नौ बजेसम्म त उहाँको मोबाइल फोनसम्म उठ्दैनथ्यो’, एमालेका एक प्रदेशसभा सदस्यले भने, ‘नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण भन्ने मु’द्दा नै उठाउन नमिल्ने बनाइदिए शेरधनले। उता ७० पुगेका प्रधानमन्त्री केपी ओली १८ घण्टा काम गर्थे।

यता शेरधन चाहिँ पार्वती बिहे गरेपछिका महादेव जस्ता। नयाँपुस्ताका नमूना थिए उनी। भोजपुरको चु’नाव क्षेत्रदेखि नातागोतामा सीमित थिए उनी। आनन्द भयो बरु !’मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि राईले सामाजिक सञ्जालमा आफ्नो कार्यकालका उपलब्धिको व्याख्या गर्ने प्रयास गरेका छन्।

प्रदेशको नामसम्म टुंगो लगाउन नसकेका उनले स्वयम् आफ्नो कार्यकालमा खासै काम गर्न नसकेको उल्लेख गरेका छन्। यति लामो अवधिसम्म उनले प्रदेश राजधानीको संरचना बनाएर कार्यालय सार्ने कामसमेत गर्नु आवश्यक ठानेनन्। ‘संघीयताको पहिलो अनुभव, अभ्यास र प्रयोगका सुरुवाती दिनहरु, वर्षहरु सजिला थिएनन्।

तर हामी दृढ संकल्प र अठोटसहित महत्वपूर्ण उपलब्धी र सफलताहरुका साथ अगाडी बढ्यौँ’, शेरधनले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘मलाई गर्व छ। धेरै गर्न सकिन होला तर मैले गलत गरेको छैन। लगभग साढे तीन वर्षे कार्यकालमा मलाई साथ सहयोग, सदभाव र शुभेच्छा प्रकट गर्दै मलाई सफल बनाउनुहुने सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्दछु।’

साढे तीन वर्ष सरकारको नेतृत्व गर्दा राईले जग्गा का’रोवारीलाई हित हुने गरी नै किन नहोस्– प्रदेश राजधानीको जसोतसो टुंगो लगाए तर प्रदेशको नामकरण भने गर्न नसकेनन्। सरकारका संरचनाहरूसमेत एक ठाउँमा नरहने गरी राजधानी टुं’ग्याइएको प्रति स्थानीयबासीको अ’सन्तुष्टि व्या’प्त छ।

कर्णाली, सुदूर–पश्चिम, लुम्बिनी, गण्डकी र वागमती प्रदेशले नाम र राजधानी यसअघि नै टुं’गो लगाइसकेका छन्। जागीर मात्र खाएर बस्ने, अलिकति पनि पहल नलिने राईको नि’स्कृयताकै कारण प्रदेशको नाम न’टुंगिएको हो। उनले पटक–पटक भने– सर्वसम्मतिबाट प्रदेशको नामकरण टुंग्याउने छौँ।

२०७८ भाद्र १२, शनिबार २२:३५ गते 0 Minutes 261 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार