२०७८ आश्विन १ शुक्रबार

रोजगारीको लागि कुवेत पुगेकी नेपाली चेलीको मृ’त्यु !

काठमाडौ : रोजगारीका लागि कुवेत पुगेकी एक महिलाको त्यहीँ मृ’त्यु भएको छ । कुश्मा नगरपालिका–११, गैरीटोल घर भई केही वर्ष अघिदेखि कुवेतमा कार्यरत पुतली परियारको मृ’त्यु भएको हो ।

परियारको २४ अगस्ट २०२१ अर्थात् मङ्गलबार मृ’त्युु भएको नेपाली दुतावासले जनाएको छ । उहाँको मृ’त्युको कारण खुलेको छैन ।

नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले दिएको जानकारीअनुसार परियारको मृ’त्यु भएको प्रारम्भिक जानकारी दूतावासमा आएको छ ।

राहदानी नं १०३०९३१७ की परियारको अभिलेख हेर्दा उहाँले सन् २०१४ मा साउदी अरबका लागि श्रम स्वीकृति लिएको देखिएको छ ।

बयालीस वर्षीया पुतली अहिले अवैधानिकरूपमै कुवेतमा काम गर्दै आएको दूतावासले जनाएको छ । दूतावासमा परियारको मृ’त्यु प्रमाणपत्र भने आइसकेको छैन ।

पुतलीका आफन्तलाई कानुनी प्रक्रियालगायतमा सहजीकरणका लागि नेपाली राजदूतावासको सम्पर्कमा आउन आग्रह गरिएको छ । साभार- ताजा खबर

२०७८ भाद्र १३, आईतवार ०३:१५ गते 1 Minute 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार