२०७८ आश्विन ५ मंगलवार

रोनाल्डोको प्रभाव – अनुबन्धको एक घन्टामै युनाइटेडको सेयर मूल्य ३५ अर्बले वृद्धि !

एजेन्सी : पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई इटालियन क्लब युभेन्टसबाट अनुबन्ध गरेको घोषणा गरेपछि क्लब युनाइटेडको मार्केट भ्यालुले अपत्यारिलो छलाङ मारेको छ ।

हिजो शुक्रबार अबेर युनाइटेडले आफ्ना पूर्वखेलाडीलाई अनुबन्ध गरेको घोषणा गर्दै भनेको थियो– ‘क्रिस्टियानो, घरमा स्वागत छ ।’ अप्रत्यासित र सनसनीपूर्ण यो सरुवाको प्रभाव आर्थिक हिसाबले यति ठूलो सरुवा बन्यो कि, युनाइटेड क्लबको

मार्केट भ्यालु नाटकीय रूपमा बढ्यो । रोनाल्डो अनुबन्धको घोषणा गरेको मात्रै १ घन्टाको बीचमा इंग्ल्यान्डको स्टक मार्केटमा युनाइटेडको सेयर मूल्य २९३ मिलियन अमेरिकी डलर (२१२ मिलियन पाउन्ड) बढेको छ ।

यो मात्रै सुरुआती ३ घन्टाको लेखाजोखा हो । युरोपको स्टक माकर्टेमा कुनै पनि फुटबल खेलाडीको सरुवापछि छोटो समयमा यति धेरै सेयर मूल्य बढेको यो नै कीर्तिमानी रहेको ‘बिबिसी’ले जनाएको छ ।

२०७८ भाद्र १३, आईतवार ०४:५४ गते 0 Minutes 138 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार