२०७८ आश्विन ५ मंगलवार

बधाई ! पारसको क्यारिकेचर गरेका भरतमणि सिधै फाइनलमा ।

काठमाडाैँ : रियालिटी शो ‘कमेडी च्याम्पियन’ का प्रतिस्पर्धी भरतमणि पौडेल फाइनलमा प्रवेश गरेका छन् । पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेका पाैडेलले जज मात्र हैन,

दर्शककाे मन समेत जिते । शनिबार रातिकाे शेा मा उनी पारश शाहकाे गेटअपमा देखिएका थिए ।पारशकाे क्यारिकेचरका क्रममा उनले पारशकै बाेली, हाउभाउ गरेका थिए भने

पारसको स्वाभाव र बानीबेहोराप्रति व्यंग्यात्मक प्रस्तुति दिए । साथै वर्तमान राजनीतिक परिस्थितिप्रति उनकाे कटु व्यङ्ग्य दर्शकले मज्जाले पचाए । शनिबारकाे शाेअघि नै पाैडेलले प्रमाे निकै चर्चित भइसकेकाे थियाे ।

शनिबार राति भने अन्तिम ४ को प्रतिस्पर्धाबाट उनको प्रस्तुती उत्कृष्ट ठहर गर्दै जजहरुले सीधै फाइनलमा प्रवेश गराएका हुन् । बाँकी रहेका तीन प्रतिस्पर्धीबाट अब दुई जना छनोट गरेर फिनाले हुने बताइएकाे छ ।

२०७८ भाद्र १३, आईतवार २१:०४ गते 0 Minutes 222 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार