बिहिबार , साउन २१, २०७८

हाम्रो लिपुलेक फिर्ता देऊ, तिम्रो प्रचण्ड फिर्ता लैजाऊ भन्दै विद्यार्थीहरुले नारा लगाए पछि…

फागुण २४, २०७७ सोमबार 527

काठमाडौं : नेकपा (प्रचण्ड–माधव) समुहका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले भारतलाई क’म्फटेवल हुने गरी सत्ता समिकरण बनाउने भन्दै खुलेयाम रुपमा नेपालको बि’रुद्ध

उभिएपछि बिद्यार्थीहरुले आज पनि प्रदर्शन गरेका छन् ।
प्रचण्डले केही दिनअघि एक टेलिभिजन अन्त’र्वार्तामा आफ्नो समुह, कांग्रेस र जसपाको सरकार बन्दा भारतलाई सवैभन्दा बढी ‘कम्फरटेबल’ हुने अभिव्यक्तिलाई दिनुभएको थियो ।

प्रचण्डको सो अभिब्यक्ति भारतीय दलालीको नांगो रुप रहेको भन्दै शनिवारबाटै विद्यार्थीहरूले वि’रोध प्रदर्शन अघि बढाएका थिए । बिद्यार्थीहरुले आज पनि प्रदर्शन गरेका हुन् ।
शनिबारै रत्नराज्यलक्ष्मी क्याम्पस काठमाडौं अगाडि प्रदर्शन गरेका विद्यार्थीले आज काठमाडौं, पोखरालगायतका क्याम्पस

अगाडि पनि प्रदर्शन गरेका छन । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखराका विद्यार्थीले ‘हाम्रो लिपुलेक फिर्ता देऊ, तिम्रो प्रचण्ड लैजाऊ’ भन्ने प्लेकार्ड राखेर व्यंग्य गरेका थिए ।

काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि पनि विद्यार्थीले प्रचण्डको अभिव्यक्तिको वि’रोधमा प्र’दर्शन गरेका छन् बिद्यार्थीहरुले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको दह्रो समर्थन पनि गरेका छन । स्रोत -केटियम संदेश

प्रतिकृया दिनुहोस्