२०७८ आश्विन ४ सोमबार

सशस्त्र प्रहरीमा १ हजार ९५ जनालाई विभिन्न पदमा रोजगारीको अवसर ।

काठमाण्डौं : सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि परिचरसम्म विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै १ हजार ९५

जनालाई नयाँ भर्ना खुलाइएको हो । विज्ञापन अनुसार इन्स्पेक्टर पदमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १३७, जवान पदमा ७५५ र परिचरमा १२८

जना पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको छ ।
सशस्त्र प्रहरी परिचरको भान्छेमा ८८ जना‚ केश कर्तकमा १४ जना‚ कुचिकारमा १३ जना‚ सूचीकारमा ७ जना‚

चर्मकर्मीमा ४ जना तथा मालीमा २ जनाको लागि दरखास्त आह्वान गरिएको हो। उक्त पदहरूमा जागिर खान इच्छुक नेपाली नागरिकहरुले प्रधान कार्यालय हल्चोक स्वयम्भु तथा

सशस्त्र प्रहरी बलका सातै प्रदेशमा रहेका विभिन्न कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । दरखास्त भदौ ११ गतदेखि असोज १० गतेसम्म भर्न सकिने जनाइएको छ ।

२०७८ भाद्र १५, मंगलवार ०९:०० गते 0 Minutes 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार