२०७८ आश्विन १ शुक्रबार

मलेसियामा अलपत्र तीनजना बिरामी नेपाली कामदार सकुशल नेपाल फर्किए ।

क्वालालम्पुर : मलेसियाबाट नेपाल फर्किन नपाएर बेवारिसे अवस्थामा रहेका तीन जना नेपाली कामदारलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले उद्धार गरि सकुशल नेपाल फर्काएको छ।

मलेसियाको बुकितबिन्ताङ्को सडकपेटिमा मागेर खादैँ गरेको अवस्थामा भेटिएका नेपाल ठेगाना उदयपुर जिल्ला निवासी ३२ बर्षिय नेपाली युवा कामदार गणेश बहादुर खड्कालाई अन्ततः लामो समयको प्रयासपछि नेपाली दूतावास मलेसिया , गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया र प्रवासी

नेपाली समन्वय समिती (पिएनसिसि) लगायतको संघसंस्थाको सहयोग समन्वयमा नेपाल फर्काइएको गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष हरि भट्टराईले जानकारी गराउनुभयो। गणेश बहादुर खड्का बिगत १० बर्षदेखि अबैधानिक हैसियतमा मलेसियामा मानसिक स्थिती गुमाईसकेको अवस्थामा सडकपेटिमा मागेर खादै गरेको अवस्थामा भेटिएका थिए संघले जनाए।

पछि उनलाई एनआरएनएको पहलमा दूतावासले उद्धार गरि सुधारकेन्द्रमा करिब ३ महिना राखे पश्चात् मानसिक सन्तुलनमा क्रमिक रुपमा सुधार आएपछि हिजो मिति सन् २०२१/०३/०५ तारिखको हिमालयन एयरलाइन्सको फ्लाईटबाट नेपाल फर्काइएका हुन।

फिर्ता हुने हरु मध्यका अर्का एक नेपाली कामदार हुन, पर्वतका २८ बर्षिय सन्तोस दर्जी वैदेशिक रोजगारीको निम्ति बिगत ६ बर्ष अगाडि मलेसियाको पेनाङमा अवस्थित एक कम्पनीमा काम गर्न आएका थिए।

तर पछिल्लो ४ बर्षदेखि सन्तोष अबैधानिक हैसियतमा बसिरहेका थिए। अच्चानक लामो समयसम्म बिरामी परेपछि नेपाली दूतावास र एनआरएनएलाई सम्पर्क गरि सहयोगको निम्ति हारगुहार मागेपछि उनलाई अस्पतालमा भर्ना गरि चेकजाँच गराउदा ब्रेन ट्युमर देखिएको थियो।

अस्पतालमा करिब दुई महिनाको लामो उपचार पश्चात् स्वास्थ्यमा केही हदसम्म क्रमिक रुपमा सुधार आएपछि हिजोकै मिति सन् २०२१/०३/०५ तारिखकै दिनको हिमालयन एयरलाइन्सको फ्लाईटबाट सन्तोष दर्जी नेपाल फर्किन सफल भएका हुन।

त्यस्तै मलेसियामै कार्यरत रहनु भएका पाल्पाका ३५ बर्षिय नेपाली युवा कामदार पदम बहादुर थापा पनि नेपाल फर्किन सफल भएका हुन।

पदम बहादुर पनि बिरामी परेर थल्ला परेका थिए ।
पदम बहादुरले बताए अनुसार सुरु सुरुमा त मोटाएको आभास गर्थे तर पेट असामान्य रुपमा फुल्दै गएपछि नेपालि राजदूतावास को सम्पर्कमा पुगेका उनि दूतावासको सहयोगमा करिब २ हप्ता अस्पतालमा बसेर उपचार गराए पश्चात् फुलेको पेटको आकार घट्दै गएपछि समान्य हिड्डुल गर्न मिल्ने भएपछि हिजोकै मितिमा सन् २०२१/०३/०५ तारिखकै दिन हिमालयन एयरलाइन्स बाट स्वदेश फिर्ता भएका हुन।

तिनैजनालाई स्वदेश फर्किन आवश्यक पर्ने यात्रा अनुमतिपत्र दूतावासको तर्फबाट नि:शुल्क दिई सहयोग गरिएको साथै तीनैजनालाई एयरलाइन्सको हवाई टिकट एनआरएनले र अस्पतालको खर्च , औषधि उपचारखर्च , कोरोना टेस्ट पिसिआर लगायतको खर्च नेपाली दूतावास, एनआरएनए मलेसिया, जनउद्धार केन्द्र पेनाङ मलेसिया , पिएनसिसि लगायतको संघसंस्थाले संयुक्त रुपमा ब्यहोरेको दूतावासका द्धितिय सचिव प्रतीक कार्कीले जानकारी गराउनुभयो।

तीनजना बिरामीलाई सकुशल नेपाल फर्काउनको लागी नेपाली दूतावासका जनसम्पर्क अधिकृत टेक बुढा स्वयंम ती तीनैजना बिरामीलाई आफ्नै साथमा लिएर मलेसिया केयलआईए स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो।

फिर्ता भएका तिनै जना बिरामीलाई स्वदेशमा पनि गैर आवासीय नेपाली संघको तर्फबाट सक्दो सहयोग गरिने अध्यक्ष हरि भट्टराईले बताउनुभयो।

अध्यक्ष भट्टराईले बताए अनुसार सन् २०२० को अक्टोबर महिनादेखी सन् २०२१ को फेब्रुअरी सम्ममा मलेसियामा रहेका २,७८२ पीडित नेपाली कामदारहरुलाई विभिन्न तवरबाट सहयोग र उद्धार गरिएको बताउनुभयो। र यदि कोहि नेपाली मलेसियामा पीडित अवस्थामा हुनुहुन्छ ।

भने एनआरएनएलाई सम्झिनुहोस् हामी सक्दो आर्थिक भौतिक सहयोग गर्नेछौं अध्यक्ष भट्टराईले भन्नुभयो। हिजो फर्किएका तीनैजना बिरामी नेपाली कामदारहरु लाई स्वदेश फर्काउन सहयोग , समन्वय गर्नुहुने नेपाली दूतावास , पिएनसिसि र परिचालकहरुमा अध्यक्ष भट्टराईले धन्यवाद समेत ज्ञापन गर्नुभएको छ।-मलाया खबर बाट

२०७७ फाल्गुन २४, सोमबार १६:४७ गते 1 Minute 385 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार