२०७८ आश्विन ६ बुधबार

एमनेस्टीले भन्यो ‘कतारमा नेपाली र बंगालदेशी श्रमिक बढी शो ष’णमा !

काठमाडौं : एमनेस्टी इन्टरनेशनलले कतारमा कार्यरत आप्रवासी श्रमिकमा नेपाली तथा बंगलादेशी कामदार सबैभन्दा बढी शो षित भएको प्रतिवेदन सार्वजनिक गरेको छ।

एम’नेस्टीले हालै सार्वजनिक गरेको प्रतिवेदनमा कतारमा कामको दौरान मृत्युवरण गरेका श्रमिकको मृ’त्युको कारण लुकाउने गरिएको र कतारी अधिकारीले राम्रोसँग छानवीन नगरेको उल्लेख छ।

प्रतिवेदनमा नेपाल र बंगाली गरी ६ आप्रवासी श्रमिकको मृ’त्युको प्रतिवेदनमाथि गहिरो अनु’सन्धान गरिएको छ। जसमा निर्माण क्षेत्रमा काम गर्ने ४, एक सेक्यु’रिटी गार्ड र एक ट्रक ड्राइभरको मृ’त्यु प्रमाण–पत्रको विषयमा विस्तृत अनुस’न्धान गरिएको छ।

कतार जानुपूर्व यी सबैले आवश्यक सम्पूर्ण स्वास्थ्य परीक्षण गरेको र उनीहरू मध्ये कसैलाई भित्री स्वास्थ्य समस्या नभएको एमने’स्टीको प्रतिवेदनमा उल्लेख छ। उनीहरूको मृ’त्युपछि परिवारका सदस्यले क्ष’तिपूर्ति पनि नपाएको प्रतिवेदनले स्पष्ट पारेको छ।

मृत्यु हुनेमा बंगलादेशका ४० वर्षीय मञ्जुर खाँ पठानको घ’टना उल्लेख छ। मञ्जुर ट्रक चालकको रूपमा कतार पुगेका थिए। उनी कतारमा १२ देखि १३ घण्टा काम गर्थे। उनले आफ्नो क्याबिनको ‘एयर कन्डिसन’ ठिक नभएको गुनासो धेरै पल्ट कम्पनीलाई गरेका थिए।

तर, ९ फेब्रुअरी २०२१ मा उनी अचा’नक आफ्नो कोठामा मृत फेला परे। एम्बुलेन्सबाट उनलाई अस्पताल पु¥र्याउँदा चिकित्सकले मृत घोष’णा गरे। यस्तै, कतारको एउटा मरुभूमिको प्रोजे’क्टमा पाइप फिटि’ङको काम गर्ने ३२ वर्षीय सुजन मियाको २४ सेप्टेम्बर २०२० मा मृ’त्यु भएको थियो।

सहकर्मीले उनलाई बिहान ओछ्यानमा मृ’त अवस्थामा फेला पारे। सुजनको मृ’त्यु हुँदा चार दिनदेखि कतारको तापमान ४० डिग्री माथि थियो। यसैरी ३४ वर्षीया तुलबहादुर घर्ती पनि २८ मे २०२० का दिन सुतिरहेकै अवस्थामा मृ’त फेला परे। उनी निर्माण कार्यमा मज’दुरी गर्थे।

नि’धन हुनुभन्दा अघि लामो समयदेखि उनी ३९ डिग्री सेल्सि’यसको ताप’क्रममा लगातार १० घन्टासम्म काम गरिरहेका थिए। निर्माण कार्यमै संलग्न ३४ वर्षीय सुमन मियाको पनि २९ अप्रिल २०२० मा मृ’त्यु भयो। उनी पनि ३८ डिग्री सेल्सि’यसको तापमानमा लामो ड्युटी गरिरहेका थिए।

कतारको एयर’पोर्टमा सुरक्षागार्डको रूपमा काम गरेका ३४ वर्षीया यम बहादुर रानाको पनि २२ फेब्रुअरी २०२० मा नि’धन भएको थियो। अझ, उनको नि’धन त कार्यस्थलमै भएको थियो। उनी पनि लामो समयदेखि चर्को गर्मीमा ड्युटी गरिरहेका थिए। एमने’स्टीले कतारमा अकाल मृ’त्युवरण गरेका यी अभागी श्रमिकको परिवारसँग पनि अन्तर्वार्ता गरेको थियो।

परिवारका सदस्यले आफ्नो मान्छे प्रवासमा स्वस्थ रहेको विश्वास गर्दागर्दै एक्कासी मृ’त्युको दुःखद् खबर सुन्दा शोकमा डुबेको बताएका छन्। अन्तर्वार्ता गरिएका मध्ये अधि’कांशले श्रमिकलाई अत्यधिक तापक्रम एवं अप्ठ्या’रो परिस्थितिमा नियमित काम गर्नुपरेको कारण मृ|त्यु भएको बताएका थिए।

२०७८ भाद्र १५, मंगलवार ०९:२० गते 1 Minute 105 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार