आइतबार , जेठ ३०, २०७८

मलेसियामा नेपालीसंगै २०५ जना अबैधानिक विदेशी कामदार प’क्राउ ।

फागुण २४, २०७७ सोमबार 374

क्वालालम्पुर : मलेसियाले अबै’धानिक हैसियतमा बसिरहेका विदेशी कामदारहरुलाई पुनः छा’पामारी गरि धर’पकड,प’क्राउ गर्न थालेको छ।

पछिल्लो समय मलेसियामा कोरो’ना संक्र’मण कम हुँदैगैइरहेको अवस्थामा राजधानी क्वालालम्पुरमा पर्ने पुडु भन्ने ठाउँमा अवस्थित एक अपार्टमेन्टमा अध्यागमन बिभाग (ईमि’ग्रेशन)

द्वारा यहीँ मार्च ५ तारिख , शुक्रवार रातीको समयमा गरिएको छापा’मारी,धरप’कडको क्रममा २०५ जना अबैधानिक विदेशी कामदारहरु प’क्राउ परेको मलेसियन अध्यागमन बिभागले एक प्रेस बिज्ञप्ति जारी गर्दै जनाएको हो।

सो अपा’र्ट्मेन्टमा भारी सङ्ख्यामा स्वदेशी संगै इन्डोनेसिया,म्यानमार,नेपाल,बङ्गलादेश लगायतको देशको विदेशी कामदार,नागरिकहरु बसोबास गर्दै आईरहेका थिए।

अपार्ट’मेन्टमा बसोबास गर्ने स्वदेशी नागरिकहरुले यहाँ भारी सङ्ख्यामा अबैधानिक विदेशी कामदारहरु बसोबास गर्ने गरेको सुचना अध्यागमन बिभागलाई दिइएको आधारमा बिभागले छापामारी गरेको स्थानीय सञ्चारमाध्यम बेरनामाले समाचारमा उल्लेख गरेको छ।

छापामा’री,चेकजाँचको क्रममा पक्रा’उ परेका ४२५ जनामध्य २०५ जना विदेशी कामदारहरु संग बैधानिक कानुनी कागजात नरहेको भन्दै बिभागले प’क्राउ गरेर चेल चलान गरेको छ। पक्रा’उ परेका ती विदेशी नागरिकहरु २० देखि ४९ बर्ष समुहको रहेको छ।

प्रतिकृया दिनुहोस्