२०७८ कार्तिक ८ सोमबार

कति बढ्दै छ ? मलेसियामा रहेका नेपालीको तलब !

क्वालालम्पुर : मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारको न्युनतम मासिक पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ ।

मलेसिया सरकारले अघिल्लो बर्ष अक्टोबरमा घोषणा गरिएअनुसार एक सय रिंगिटले वृद्धि भएको न्युनतम मासिक पारिश्रमिक पुनः वृद्धि हुने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ ।

तर त्यबारेमा मलेसिया सरकारले कुनै आधिकारिक रुपमा बोलेको भने छैन । स्थानीय सञ्चारमाध्यमका अनुसार घरेलु क्षेत्रमा कार्यरत कामदार सहित सबै कामदारका हकमा उक्त नयाँ पारिश्रमिक लागू हुनेछ ।

मलेसियामा कामदारको तलब मासिक कतिले वृद्धि हुनेछ भन्ने कुराहरु समाचार एजेन्सिले खोलुलाएको भने छैन । समाचार एजेन्सीहरुले बताए अनुसार मलेसियामा लागू भएमा अब

मलेसियामा निजी क्षेत्रमा कार्यरत सबै स्थानीय र विदेशी दुबैखाले कामदारले बढेको पारिश्रमिक पाउनेछन् । यो नीति पूर्ण रुपमा लागू भएमा यहांका विभिन्न क्षेत्रमा कार्यरत ५ लाखभन्दा बढी नेपाली यसबाट लाभान्वित हुनेछन् ।

मलेसियाले गत सन् २०१२ मे दिवसको अवसर पारेर पहिलोपटक न्युनतम पारिश्रीमक लागूसम्बन्धी नीति घोषणा गरेको थियो । यहां बहुसंख्यक नेपाली पश्चिमी मलेसियामा कार्यरत रहेका छन् भने पूर्वी मलेसियामा काम गर्ने नेपालीको संख्या निकै कम छ ।

२०७८ भाद्र १६, बुधबार १०:४४ गते 0 Minutes 577 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार