२०७८ कार्तिक ८ सोमबार

एमसीसी खारेजको माग गर्दै प्रधानमन्त्रीलाई पत्र !

काठमाडौं : एमसीसी खा’रेज राष्ट्रिय अभियानमा आबद्ध व्यक्तिहरूले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पो’रेसन (एमसीसी) खा’रेजको माग गरेका छन् ।

एमसीसीको विरो’ध गर्दै उनीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई मागपत्र बुझाएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्र बुझाइएको हो ।

अभियानका संयोजक निर्ग नवीनले जारी गरेको विज्ञप्तिमा एमसीसी कार्यान्वयनका लागि खोलिएको एमसीए नेपाल पनि तत्काल वि’घटन गर्नुपर्ने उल्लेख छ ।

एमसीसी खारेज अभियानले पाँचबुँदे माग राख्दै आफ्ना माग १९ दिनभित्र पूरा गर्न चेताव’नी समेत दिएको छ । एमसीसी सम्झौता संसद्बाट अनुमोदन नहुँदै कार्यान्वयनका लागि संरचना खडा गरिएको भन्दै आपत्ति पनि जनाइएको छ ।- ब्राहखरी

२०७८ भाद्र १६, बुधबार १६:१९ गते 1 Minute 596 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार