२०७८ आश्विन ६ बुधबार

विप्लवले सोधे – जनमुक्ती सेनाका क्यान्टोन्मेन्टको १९ अर्ब खोई ?

काठमाडौं;: सरकारले लगाएको प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी ने’तृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका

नाममा अर्बाैं रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन् । उनले तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्ड ने’तृत्वलाई लक्षित गर्दै क्यान्टो’न्मेन्टमा भएको आर्थिक अनि’यमितताबारे गम्भीर प्रश्न उठाएका हुन् ।

प्रतिबन्ध फुकुवापछि गृहजिल्ला कपिलवस्तुमा सोमबार आयोजित कार्यक्रममा बोल्दै विप्लवले जनमुक्ति सेनाको पैसामाथि भ्र’ष्टाचार भएको विषय सार्वजनिक भएको र सो विषय आफूले त्यतिखेरै पार्टीमा ग’म्भीर रूपमा उठाएको भए पनि बेवास्ता गरिएको बताए ।

विप्लवले आफूहरूले पार्टीभित्र त्यस्तो बदमासी नगर्नुस् है भनेर नेतृत्वलाई सचेत गराएको स्मरण गर्दै भने ‘२० हजार जनमुक्ति सेना ब्यारेकमा बस्दा प्रतिसेना ५ हजारका दरले काटियो, क्रान्तिका निम्ति भन्दै काटिएको त्यो पैसा कहाँ गयो ?

पूर्वमाओवादी कमान्डर मध्येका एक विप्लवले प्रश्न गर्दै भने ‘थोरैको कुरा हो र १९ अर्ब रुपैयाँको कुरा छ त्यसको खोजीनीति हुनुपर्छ,’

भ्रष्टाचारको विषय सार्वजनिक भए पनि ठोस परिणाम नआएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘भ्रष्टाचार कसले गरेको हो ठोस हुनुपर्दैन । एउटाले अर्कोलाई दो’ष दिएको छ,’ उनले भने । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

२०७७ फाल्गुन २५, मंगलवार ०८:२९ गते 1 Minute 336 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार