२०७८ कार्तिक ९ मंगलवार

वैज्ञानिक भन्छन् – इन्टरनेटले बालबालिकाको भविष्य ख’तरामा पारिदियो ।

एजेन्सी : पछिल्ले समया बच्चादेखि वृ’द्धहरु डिजिटल प्रविधिमा रमाइरहेका छन् । अहिले हामीले बालबालिकासंग जे गरिरहेका छौं त्यो कुनै किसिमले पनि क्षम्य नभएको फ्रान्सका

स्नायु’वैज्ञानिक मिशेल डेस्म्युजे बताएका छन् । मानिसहरूले बालबालिकाको भविष्य खत’रामा पारिदिएको उनले बीबीसीलाई बताएका जनाएको छ।

डेस्म्युजेले आफ्नो पुस्तक ‘द डिजिटल क्रेटिन (अर इडीअट) फ्या’क्ट्रीु मा डिजिटल प्रविधिलाई मू’र्ख उत्पादन गर्ने उद्योगसँग तुलना गरेका छन्।

उनले फ्रान्सको राष्ट्रिय स्वास्थ्य संस्थामा अनुसन्धान निर्देशक र आफ्नो विषयका विज्ञका रूपमा विश्वका चर्चित विश्वविद्यालय एमआईटी र यूनिभ’र्सिटी अफ क्यालिफोर्नियामा काम गरेका छन्।

उनको यो पुस्तकले ‘डिजिटल नेटिभ्स’ अर्थात् इन्टरनेट लोकप्रिय भइसकेपछि जन्मिएका बालबालिकाको आईक्यू (बौद्धिक स्तरको मान) तिनका आमाबुवाभन्दा कम रहेको तर्क गरेको जनइएको छ।

कैयौं अध्ययनले टेलिभिजन वा भिडिओ गेममा बढी समय बिताउँदा आ’ईक्यू र ज्ञानसँग सम्बन्धित मस्तिष्कको विकास प्रक्रिया कमजोर रहेको देखाएको छ। मनोरञ्जनका लागि स्क्रीनमा समय बिता’उदाँ शारिरिक रूपले मस्ति’ष्कको परिपक्व हुने प्रक्रिया ढिलो हुने पाइएको छ।

२०७८ भाद्र १८, शुक्रबार ०२:२९ गते 1 Minute 235 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार