२०७८ कार्तिक ९ मंगलवार

‘कमेडी च्याम्पियन-२’का यी ३ प्रतिष्पर्धी मध्य को बन्ला च्याम्पियन?

काठमाडौं : कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ को उपाधिका लागि भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापाबीच भिडन्त हुने भएको छ ।

शुक्रबार र शनिबार राति कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘कमेडी च्याम्पियन २’ बाट कञ्चनपुरका हिक्मत महरा बाहिरिएपछि तीनजना फाइनलिस्ट तय भएका हुन् ।ताप्लेजुङका पौडेल, सिक्किमका अग्रवाल र गोरखाका थापाका आ–आफ्नै खुबी र विशेषता छन् ।

स्ट्यान्डअप कमेडीमा अग्रवाल र थापा माहिर छन् । भरतमणि भने क्यारिकेचर गर्न अब्बल छन् । विषयवस्तु उठानका हिसाबले तीनैजना उत्तिकै प्रभावशाली देखिन्छन् ।भरतमणि पौडेललाई कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को उपाधिका दाबेदार मानिएका छ ।

उनी ताप्लेजुङबाट प्रतिस्पर्धामा सहभागी भएका हुन् । उत्कृष्ट प्रस्तुतिको आधारमा उनलाई सिधै अन्तिम ३ मा लगिएको हो ।विषेश गरि पूर्वयुवराज पारस शाहका कारण उनको चार्चा चुलिएको छ । गएको शनिबार राति भएको शोमा उनलाई पूर्वयुवराज पारस शाहको गेटअपमा देखिएको थियो ।

पारसको गेटअपमा प्रस्तुत भएका उनले जज र दर्शकको भरपुर मन जिते ।उनले आफ्नो प्रस्तुतिका क्रममा राष्ट्रभक्ति वास्तविक हुनुपर्ने सन्देश दिए भने राजतन्त्र ढलेपछिको अवस्थाबारे पनि बुझाउने प्रयास गरेका थिए । उनी यस अगाडि पनि पूर्व मन्त्री गोकुल बाँस्कोटासहित थुप्रै क्यारि’केचर गरेर चर्चामा छाएका थिए ।

पौडेललाई यस अघि नै ६ लाख रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको छ । पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद तथा पूर्व मन्त्री योगेश भट्टराईको अग्रसरता र संयोजनमा उक्त पुरस्कारको घो’षणा गरिएको हो ।भट्टराईद्धारा व्यक्तिगत रुपमा एक लाख रुपैयाँ,

ताप्लेजुङ सरोकार समाजको तर्फबाट दुई लाख रुपैयाँ, ताप्लेजुङ सरोकार केन्द्रको तर्फबाट दुई लाख तथा रेडियो तमोरको तर्फबाट एक लाख गरी जम्मा ६ लाखको पुरस्कार घो’षणा गरिएको छ । उक्त पुरस्कार पौडेलको च्याम्पि’यन यात्रा सकिएपछि प्रदान गरिनेछ ।

पौडेलले कमेडी च्याम्पियनको ‘टप-६’ मा प्रतिस्पर्धा गरिरहेको बेला उक्त पुरस्कार घोषणा गरिएको हो । साथै उनलाई भोट गरी कमेडी च्याम्पियन सिजन २’को उ’पाधि दिलाउनमा सहयोग गर्न पनि अपिल गरेका छन् । यस्तै पौडेललाई जिताउन भोट गर्न अभियान पनि चलाईको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रस्तुति राख्दै दर्शक तथा निर्णायकको प्रिय बन्न सफल पौडेल उपाधिका दाबे’दार मानिन्छन् ।कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को उपाधिका दाबेदार मानिएका प्रतियोगी मध्येका एक हुन् विक्की अग्रवाल । विक्की शोको हरेक एपिसोडमा फरक–फरक प्रस्तुति दिँदै दर्शक र निर्णायक रि’झाएर उत्कृ’ष्ट ३ मा पुग्न सफल भएका छन् ।

अझ गएको हप्ताको एपिसोडका कारण उनको चर्चा चुलिएको छ । उनले शोमा फरक दिने कोसिस गरेका थिए । जसका लागि उनले रोजेका थिए ‘माइम एक्ट’ । ‘माइम एक्ट’ मा उनले मानिस निदाएको बेला मन कसरी सक्रिय रहन्छ रु भन्ने प्रस्तुति मोनोलकको सहारमा प्रस्तुत गरेका थिए ।

उनले यो प्रस्तुतिबाट पनि आफ्नो यस अगाडिको प्रस्तुतिमा झै दर्शक हाँस्ने अपेक्षा गरेका थिए । तर हाँसो र तालीको गडगडाहाट रहँदै आएको शोमा यो पटक भने उनको प्रस्तुतिमा सन्नाटा छायो । विक्कीको आफ्नो नयाँ थिम दर्शक र निर्णायकका लागि नयाँ स्वाद हुने सोचका साथ प्रस्तुति राखेका थिए ।

अपसोच, विक्कीको राखेको उक्त प्रस्तुति न निर्णायकले बुझे, न त्यहाँ उपस्थित दर्शकले ।सोही कारण उनको प्रस्तुतिमा दर्शक तथा निर्णायकले पहिले झै मनोरञ्जनात्मक फिल गरेनन् । सोही कारण पनि विक्की निकै भावुक देखिन्थे । निर्णायक सन्तोष पन्तले विक्कीको प्रस्तुति नबुझेको खुलेआम बताए ।

विक्कीलाई आफ्नै टेस्ट दिन समेत सुझाएका थिए । यस पछि सामाजिक सञ्जालमा निर्णायक सन्तोष पन्तलाई गालीको वर्षा भएको थियो । र विक्कीको चर्चा चुलिएको थियो ।बिक्की सिक्किमबाट नेपाल कमेडी च्याम्पियनमै सहभागी हुनका लागि आएका हुन् ।

यो सिजनको फिजिकल अडिसनमा १८० प्रतिस्पर्धिमध्येमा कमेडी च्याम्पियन सिजन २ को ‘गोल्डन कि विनर’ मार्फत आएका हुन् । उनलाई सिक्कीमका मुख्यमन्त्री प्रेम सिंह तामाङ ९गोले०ले पाँच लाख भारु सहयोग गरेका छन् । कमेडी च्याम्पियनको उत्कृष्ट ८ को दौडमा नै विक्कीलाई जिताउनको निम्ती उनले उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।

जनताको भोटबाट सर्वोत्कृष्ट छनोट हुने भएकाले प्रतिस्पर्धीहरुका लागि आर्थिक संकलन महत्वपूर्ण हुन्छ । सिक्किममा विक्कीलाई भोट गर्न अभियान नै चलाइएको छ । यसै सिलसिलामा गोलेले विक्कीका अभिभावकलाई भेटेर पाँच लाख दिएका हुन् । मुख्य मन्त्री गोले तथा सिक्किम चलचित्र विकास बोर्डले अग्रवाललाई प्रतियोगितामा सफलताका लागि शुभकामना दिएका छन् ।

कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ को उपाधिका अर्को दाबेदार हुन् गोरखा पालुङटार नगरपालिका-६ का सन्तोष थापा ।प्रतिस्पर्धीहरुको भिडमा थापाको प्रस्तुतीहरु चर्चामा छन् ।उनी कार्यक्रमको अडिसन राउन्डबाट नै चर्चामा थिए ।दर्शक , निर्णायक र अथिति कलाकारले उनको प्रस्तुती धेरै रुचाएका थिए ।

पूर्वप्रधामन्त्री तगा बाबुराम भट्टराईले गृहजिल्ला गोरखाबाट प्रतिस्पर्धा गरिरहेका सन्तोष थापाले जित्ने सम्भावना रहेको भन्दै शुभकामना दिएका थिए । उनलाई भेट्न पुगेका थापासँगको तस्विर सेयर गर्दै भट्टराईले उनको पक्षमा भोट हाल्न आग्रह गरेका थिए ।

स्कूल पढ्दादेखि नै सन्तोष साथीहरुलाई बटु’लेर कमेडि गर्ने, हसाउने गर्थे । तर, उनी औप’चारिक रुपमा स्टेजमा कमेडि गरेको भने पहिलो पटक कमेडि च्याम्पियनमा नै हो । सरल भाषामा हसाएर, पेचिलो सन्देश दिने क्षमता भएका गोर्खाली सन्तोष अहिले चर्चित छन् । -आजको अर्थ

२०७८ भाद्र २०, आईतवार ०५:४० गते 1 Minute 262 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार