२०७८ कार्तिक ९ मंगलवार

के तपाई मोबाइल रातभर चार्जमा राख्नुहुन्छ ?

काठमाडौं : पछिल्लो समय आधुनिक प्रविधिको विकाश बढेसँगै मोबाइल फोन प्रयोग नगर्ने मानिस सायद कमै होलान् । बच्चादेखि वृद्धसम्म सबैको हात हातमा माेबाइल पाउन सकिन्छ ।

आजभालि मोबाइल बिनाको समय त मानिसले कल्पना पनि गर्न सक्दैनन् । तर, के हामीलाई थाहा छ मोबाइल फोन रातभर चार्जमा राख्दा यसको असर के हुन्छ ? ब्याट्रीमा के असर पर्छ ?

धेरै मानिसहरु लाई लाग्छ कि रातभर मोबाइल चार्ज गर्दा मोबाइल को ब्याट्री बिग्रन्छ, वा यसले ब्याट्री मा नराम्रो असर पार्छ, तर यो सत्य होइन । हामीले जुन मोबाइल बोकीरहेका छौं । त्यस मोबाइलमा एउटा ब्याट्री प्रोडक्न चिप राखिएको हुन्छ ।

जस्ले हाम्रो मोबाइलको ब्याट्री फुल भएपछि स्वत आफै चार्ज लिन छाडी दिन्छ । जस्का कारण रातभर मोबाइल चार्जमा राख्दा पनि कुनै प्रभाव पर्दैन ।

तर प्रभाव पर्दैन भन्दैमा रातभर मोबाइल चार्ज गरेर भने राख्नु हुँदैन । तपाइँ राती उठ्नु हुँदा तपाइँको मोबाइल चार्जरबाट हटाउन सक्नु हुनेछ । यदि रातभर मोबाइल चार्जमा छाड्दै हुनुहुन्छ भने चार्जमा राख्नुअघि स्वीच अफ गर्नुहोस् ता कि ब्याट्रीमा अनावश्यक भार नपरोस् ।

तर मोबाइल रातभर चार्जमा राख्दा ओभर फुल भएर पड्किन्छ अथवा ब्याट्री बिग्रिन्छ भन्ने सोचाइ छ भने त्यो एउटा मित्थ्या नै हो । हिजोआजका फोनमा प्रयोग हुने ब्याट्री भनेको लिथियम आयम ब्याट्रीका कारणमात्रै होइन, यसमा प्रयोग

हुने प्रोसेसर पनि पहिलेको तुलनामा धेरै नै पावरफुल भएका छन् । मोबाइलमा प्रयोग हुने आर्टिफिसियल इन्टिलिजेन्स प्रविधिले एक पटक मोबाइल चार्ज फुल भएसँगै आफै चार्जलाई डिस्कनेक्ट गर्छ ।

यसको अर्थ रातभर मोबाइल चार्जमा राख्दा कुनै असर भने पर्दैन । याद गर्नुहोस् कहिले पनि मोबाइल तकिया, ओछ्यान मा राखेर चार्ज गुर्नहुँदैन ।किनभने त्यस ठाउँमा हावा आउने सम्भावना कम हुन्छ । -नेपाल न्युज

२०७८ भाद्र २०, आईतवार १९:४२ गते 1 Minute 216 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार