२०७८ कार्तिक ८ सोमबार

श्रीलंका का राट्रपती भन्नुहुन्छ : एमसीसीमा श्रीलंकाले सपनामा पनि हस्ताक्षर गर्दैन ।

काठमाडौं : श्रीलंकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)मा कहिल्यै हस्ताक्षर नगर्ने भएको छ। श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले अमेरिकासँगको एमसीसीमा

कहिल्यै हस्ताक्षर नगर्ने बताएका छन्। उनले सपनामा पनि एमसीसीमा हस्ताक्षर नगर्ने बताएको त्यहाँका एक स्थानीय पत्रिकाले जनाएको छ। राजापाक्षेले हालै भ्रमणमा आएका

अमेरिकी विदेशमन्त्री माइक पम्पेओसँग यस विषयमा वार्ता भएको भन्दै आफ्नो भूमि अन्य कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने बताएका छन्।.श्रीलंकाका राष्ट्रपति गोताबाय राजापाक्षेले आफ्नो सरकारले अमेरिकासँगको मिलेनियम च्यालेन्ज

कम्प्याक्ट (एमसीसी) मा सपनामा पनि हस्ताक्षर नगर्ने बताएका हुन्। ‘सपनामा पनि एमसीसीमा हस्ताक्षर हुने छैन,’ राजापाक्षेले भनेका छन्। राजापाक्षेले हालै भ्रमणमा आएका

अमेरिकी विदेशमन्त्री माइक पम्पेओसँग सौहार्द्र वार्ता भएको पनि बताएका छन्। यसअघि अमेरिकी कूटनीतिज्ञहरु भ्रमणमा आउँदा मानवअधिकार उल्लंघनको विषय उठाउँथे। तर, यसपटक यो मु’द्दाबारे हामीले अमेरिकालाई सम्झायौं,’ उनले भनेका छन्। -एजेन्सी

२०७८ भाद्र २३, बुधबार ०९:३२ गते 1 Minute 460 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार